Wednesday, June 3, 2026
Homeअपराध र घटनानागढुंगाबाट खैरो हेरोइनसहित १ जना पक्राउ

नागढुंगाबाट खैरो हेरोइनसहित १ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ घर भएका ३० वर्षीय रामकृष्ण भण्डारी छन् ।

काँकडभिट्टा बाट काठमाडौं आउँदै गरेको प्रदेश–१–०२–००१ नम्बरको बसमा सवार भण्डारीको साथबाट ६ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ४ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

आरोपीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका