Wednesday, August 5, 2026
Homeखेलकुदइन्टरलाई शीर्ष स्थानमा चार अङ्कको अग्रता

इन्टरलाई शीर्ष स्थानमा चार अङ्कको अग्रता

टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अङ्कको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो ।

राति नै भएको अन्य खेलमा एसी मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो । नापोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो ।  घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले ।

लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेकाे छ ।  जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसी मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अङ्कको नापोली तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका