मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस एजेन्सी (नासा) ले यसलाई ऐतिहासिक पल भनेको छ । पार्कर सोलार प्रोबले सूर्यको ‘कोरोना’ मा पुगेर यो उपलब्धि हासिल गरेको हो ।
यो उपलब्धि गत अप्रिल महिनामा नै हासिल गरे पनि तथ्याङ्कहरूको समीक्षापछि अहिले पुष्टि भएको हो । पार्करले सूर्य कसरी काम गर्छ भन्ने विषयमा नयाँ तथ्याङ्क हासिल गर्न सफल भएको नासाले बताएको छ ।
‘जसरी चन्द्रमामा पुगेर वैज्ञानिकहरूलाई यो कसरी बन्यो भन्ने कुरा बुझ्न मद्दत मिल्यो, सूर्यसम्म पुग्नु पनि मानव जातिका लागि ठुलो छलाङ हो जसले हामीलाई हाम्रो सबैभन्दा नजिकको ताराको विषयमा संवेदनशील सूचना उजागर गर्न मद्दत गर्नेछ,’ नासाको हेलियोफिजिक्स विज्ञान विभागकी निर्देशक निकोला फक्सले भनिन् । यो अभियान तीन वर्षअघि सुरु गरिएको थियो । गत अप्रिल २८ का दिन यो अन्तरिक्ष यान सूर्यको नजिक पुगेको थियो ।