Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियभारतीय सेनाको हेलिकोप्टर दुर्घटना : विपिन र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

भारतीय सेनाको हेलिकोप्टर दुर्घटना : विपिन र मधुलिकाको शुक्रबार अन्तिम संस्कार

नयाँदिल्ली : हेलिकप्टर दुर्घटनामा मृत्यु भएका भारतका चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपिन राउत र उनकी पत्नी मधुलिकाको शुक्रबार अन्तिम संस्कार हुने भएको छ ।

तमिलनाडुको कुन्नूरमा बिहीबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा सीडीएस रावत, उनकी पत्नी लगायत १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो । शुक्रबार दिल्लीमा रावतको अन्तिम संस्कार हुँदैछ । अर्का एक जना मेजरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सीडीएस रावत र उनकी पत्नी मधुलिकाको पार्थिव शरीर बिहीबार दिल्ली ल्याउने भारतीय संचारमाध्यहरुले जनाएका छन् । सीडीएस रावतको गृह राज्य उत्तराखण्डमा त्यहाँको राज्य सरकारले तीन दिन राजकीय शोकको घोषणा गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका