काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ रंगेहात परेका छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ७५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


