काठमाडौं : ११ हजार १२ नमूना परीक्षण गराउँदा २३ सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ७ हजार ५८ नमूना र एन्टिजेन विधिबाट ३९ हजार ५४ नमूनाको परीक्षण भएको थियो। जसमध्ये पीसीआर विधिबाट १६ सय ३९ जना र एन्टिजेनबाट ७५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। मन्त्रालयका अनुसार २ हजार ७८ जनाले कोरोना जितेका छन्।
यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ।


