Sunday, June 7, 2026
Homeअपराध र घटना२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा

२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा

काठमाडौं: काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट सोमबार राति २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

ना ७ ख १६५२ नम्बरको ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले चलाउँदै थिए। लामाले चालक सिटको पछाडि फल्स बटम बनाएर ठूलो रकम लुकाएका थिए।

पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रहरीका अनुसार, उनलाई विशेष स्रोतबाट प्राप्त सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भएका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार, लामा रसुवातर्फ जाँदै थिए र उनीमाथि अहिले छानबिन थालिएको छ।

लामा यसअघि पनि गैरकानुनी गतिविधिमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार, उनी २०७८ सालमा सुन तस्करीको प्रकरणमा पनि पक्राउ परेका थिए, तर सो समयमा उनी छिट्टै छुटेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका