Thursday, April 23, 2026
Homeअन्तराष्ट्रिय२०२३ मा एचआइभी एड्सबाट हरेक मिनेटमा कम्तिमा एक जनाको मृत्यु !

२०२३ मा एचआइभी एड्सबाट हरेक मिनेटमा कम्तिमा एक जनाको मृत्यु !

काठमाडौं: गत वर्ष विश्वका करिब ४ करोड मानिसमा एड्स निम्त्याउने एचआइभी भाइरस भेटिएको थियो। जसमध्ये ९० लाख मानिसले यसको उपचार पाउन सकेका छैनन्। जसका कारण हरेक मिनेटमा कुनै न कुनै बिरामी एड्सका कारण मरिरहेका थिए। संयुक्त राष्ट्रसंघले सार्बजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा यस्तो खुलासा गरेको हो।

विश्वमा एड्सको महामारी अन्त्य गर्ने दिशामा प्रगति भइरहेको अवस्थामा यो अवस्था हो। राष्ट्रसंघको प्रतिवेदनले अहिले यसको प्रगतिको गति सुस्त हुन थालेको देखाएको छ। यसको कारण रकमको अभाव हो। जसका कारण मध्यपूर्व, उत्तर अफ्रिका, पूर्वी युरोप, मध्य एसिया र ल्याटिन अमेरिका गरी तीनवटा नयाँ क्षेत्रमा यसको संक्रमण बढ्दै गएको छ।

सन् २०२३ मा एड्स सम्बन्धी रोगबाट करिब ६ लाख ३० हजार मानिसको मृत्यु भएको छ । यो सन् २००४ मा भएको २१ लाखको मृत्युभन्दा निकै कम हो। महामारीको अन्त्यका लागि विश्वव्यापी प्रयासहरूको नेतृत्व गर्ने संयुक्त राष्ट्र संघको एजेन्सी युएनएड्सको एक प्रतिवेदन अनुसार पछिल्लो तथ्याङ्क २०२५ का लागि तय गरिएको २ लाख ५० हजार कम मृत्युको लक्ष्यभन्दा दोब्बर हो।

युएनएडसका कार्यकारी निर्देशक विन्नी ब्यानिमाले विश्वका नेताहरूले सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। तर रिपोर्टमा२०२३ मा नयाँ संक्रमण तीन गुणा भन्दा बढी अर्थात १३ लाख रहेको उल्लेख छ। लैंगिक असमानताले अफ्रिकाका केही भागहरूमा किशोर किशोरी र युवतीहरूमा एचआईभीका घटनाहरू बढाएको छ।

विश्वव्यापी रूपमा सीमान्तकृत समुदायहरूमा नयाँ संक्रमणको अनुपात २०१० मा ४५ प्रतिशतबाट बढेर २०२३ मा ५५ प्रतिशत भएको छ।

एड्सविरुद्ध एक वर्षको लागि दुई इन्जेक्सनको लागत ४० हजार डलर रहेकोले यो आम मानिसको पहुँच बाहिर रहेका कारण ठुलो संख्याले उपचार पाउन सकेका छैनन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका