Sunday, June 7, 2026
Homeअपराध र घटना१० करोडको चेक बाउन्स प्रकरणमा गुण्डा नाइके राजु गोर्खाली पक्राउ

१० करोडको चेक बाउन्स प्रकरणमा गुण्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौँ । गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र’ काठमाडौँ प्रहरीको भद्रकालीस्थित हिरासतमा रहेका छन्। आइतबार चन्द्रागिरी–चोभारबाट पक्राउ परेका उनलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार गोर्खालीविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको छ। उनले टिकाराम तिवारीलाई दिएको १० करोड रुपैयाँको चेक बाउन्स भएपछि पक्राउ गरिएको हो।

गोर्खाली उपत्यकाको पुराना गुण्डा मानिन्छन्। पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका उनी चाबहिल र सुन्धारा क्षेत्रमा सक्रिय थिए। २०४९ साल पुसमा सार्वजनिक अपराध मुद्दामा पहिलो पटक पक्राउ परेका गोर्खालीलाई त्यसपछि निरन्तर विभिन्न मुद्दामा पक्राउ गरिएको छ।

उनको अपराध शृङ्खला यसप्रकार छः

२०४९ पुस ७ – सार्वजनिक अपराध मुद्दा

२०५५ वैशाख १२ – सार्वजनिक अपराध मुद्दा

२०५५ फागुन १२ – सार्वजनिक अपराध मुद्दा

२०५९ माघ ४ – कर्तव्य ज्यान सम्बन्धी कसुर

२०६६ असार १७ – सार्वजनिक अपराध

२०६६ जेठ २० – सरकारी छाप दस्तखत किर्ते मुद्दा

२०७४ र २०७५ – काठमाडौँ मलको भाडा विवादमा पक्राउ

२०८२ साउन ७ – बैंकिङ कसुर मुद्दा दर्ता (भदौ १ मा पक्राउ)

हाल ५५ वर्षीय गोर्खालीको बैंकिङ कसुरसम्बन्धी अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँले अघि बढाइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका