Sunday, May 10, 2026
Home Blog Page 93

भारत–पाकिस्तान ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको ट्रम्पको पुनः दाबी

0

काठमाडौं । अमेरिकी राष्ट्रपति Donald Trump ले सन् २०२५ मा भारत–पाकिस्तानबीच भएको भनिएको ‘युद्धविराम’ आफ्नो पहलमा सम्भव भएको दाबी पुनः दोहोर्‍याएका छन्। उनले २०० प्रतिशतसम्मको आयात शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएर दुवै देशलाई वार्ताको टेबलमा ल्याएको बताएका हुन्।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले ‘रिसिप्रोकल ट्यारिफ’ लागू गर्दा कानुनी अधिकार नाघेको ठहर गरेको सन्दर्भमा उनले उक्त अभिव्यक्ति दिएका हुन्। ट्रम्पले आफूले भारत–पाकिस्तानजस्ता आणविक क्षमता भएका देशबीचको सम्भावित द्वन्द्व शान्त गराएको जिकिर गर्दै भने, “यदि उनीहरू लडाइँ जारी राख्थे भने अमेरिकासँग व्यापार गर्न नपाउने र २०० प्रतिशत ट्यारिफ तिर्नुपर्ने अवस्था आउँथ्यो।”

उनका अनुसार त्यसपछि दुवै पक्षबाट सम्पर्क गरी शान्ति कायम भएको जानकारी गराइएको थियो।

उता, पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले ‘पिस बोर्ड’ को उद्घाटन कार्यक्रममा ट्रम्पको प्रशंसा गरेका छन्। उनले ट्रम्पलाई “शान्तिका पक्षधर” र “दक्षिण एसियाली जनताको हितैषी” भन्दै समयोचित हस्तक्षेपले ठूलो मानवीय क्षति टरेको दाबी गरेका छन्।

यो घटनाक्रम अप्रिल २०२४ मा भएको पहलगाम आतंकवादी आक्रमणपछि उत्पन्न तनावसँग सम्बन्धित छ। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानस्थित आतङ्कवादी पूर्वाधारमाथि लक्षित कारबाही गरेको जनाएको थियो।

तर भारतले भने ट्रम्पको मध्यस्थताको दाबी अस्वीकार गर्दै आएको छ। भारतले जम्मु–कश्मीरलगायतका विषय दुई देशबीचकै द्विपक्षीय वार्ताबाट समाधान हुनुपर्ने आफ्नो दीर्घकालीन अडान पुनः दोहोर्‍याएको छ।

ज्ञानेन्द्रमाथि प्रचण्डको प्रहार: ‘इतिहासले पन्छाएका शक्तिले चुनावबारे भ्रम छर्दैछन्’

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले चुनाव नहुने भ्रम फैलाउने प्रयासप्रति आपत्ति जनाएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिको कार्यक्रममा बोल्दै उनले नेपाली जनक्रान्तिबाट इतिहासमा पछि परेका केही व्यक्तिहरूले चुनाव नहुने हल्ला फैलाइरहेको आरोप लगाए। पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित टिप्पणी गर्दै उनले वर्तमान समस्या समाधान नगरी चुनावमा जान नहुने अभिव्यक्तिप्रति असहमति जनाए।

प्रचण्डले निर्वाचन हुने निश्चित भइसकेको अवस्थामा हल्ला र प्रचारको पछि नलागी दृढतापूर्वक तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरे। निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरू सक्रिय देखिए पनि त्यसको खास अर्थ नरहेको उनले बताए।

उनका अनुसार निर्वाचन अहिलेको परिस्थितिमा तुलनात्मक रूपमा सबैभन्दा उपयुक्त र सहज विकल्प हो र नेकपा सुरुदेखि नै निर्वाचनको पक्षमा दृढ रहँदै आएको छ। देशभर पार्टीको प्रचार अभियान अघि बढिरहेको उल्लेख गर्दै उनले बाँकी दिन युद्धस्तरमा परिचालन हुन सके नेकपालाई देशको पहिलो पार्टी बनाउने सम्भावना रहेको दाबी गरे।

केही समय राजनीतिक उतारचढाव देखिए पनि त्यसलाई स्थायी रूपमा नलिन जनताले बुझिसकेको जिकिर गर्दै प्रचण्डले अहिलेको चुनौतीपूर्ण घडीमा राष्ट्रलाई सन्तुलित विकासको दिशातर्फ अघि बढाउन नेकपा प्रतिबद्ध रहेको बताए।

देशभर मतपत्र ढुवानी तीव्र, अधिकांश प्रदेशमा सामग्री पठाइयो

0

काठमाडौं । निर्वाचन आयोग ले देशभरका निर्वाचन क्षेत्रमा मतपत्रसहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र बनाएको जनाएको छ। हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र पठाइसकिएको आयोगले जानकारी दिएको छ।

अन्य प्रदेशहरूमा पनि नियमित रूपमा मतपत्र तथा आवश्यक सामग्री ढुवानी भइरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ कार्य यसअघि नै सम्पन्न भइसकेको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरी सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइएको आयोगले जनाएको छ।

आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो। त्यसपछि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा सामग्री पठाइएको हो। वाग्मतीलगायत अन्य प्रदेशमा पनि ढुवानी कार्य जारी रहेको छ। राजधानी काठमाडौंभित्रका मतदान केन्द्रमा समेत केही दिनभित्र मतपत्र पुर्‍याइने आयोगले जनाएको छ।

मतपत्र बाहेकका अन्य निर्वाचन सामग्रीको ढुवानी भने सम्पन्न भइसकेको छ। निर्वाचनका लागि ५१ प्रकारका सामग्री आवश्यक पर्ने जनाइएको छ।

मतपत्र छपाइ कार्य तोकिएको क्यालेण्डरअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि सुरु गरिएको थियो। आयोगले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेको थियो।

त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु भई माघ १३ गतेसम्म सम्पन्न गरिएको थियो। समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ।

ट्रम्पद्वारा १० प्रतिशत विश्वव्यापी ट्यारिफ घोषणा, नेपालको निर्यातमा असर पर्ने सम्भावना

0

९ फागुन, काठमाडौं । अमेरिकाका राष्ट्रपति Donald Trump ले विश्वभरका देशमाथि १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन्।

BBC का अनुसार ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही समयका लागि लागू गर्ने निर्णय सार्वजनिक गरेका हुन्।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर कम ट्यारिफ दर पाएका देशहरू अब १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन्। यसमा बेलायत, भारत र युरोपेली संघलगायत देश समावेश छन्। यद्यपि ती देशहरूले पूर्वसहमति अनुसार दिएका व्यापारिक सहुलियतहरू भने यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको बताइएको छ।

नेपालमा कस्तो असर?

नेपाल र अमेरिकाबीच ठूलो परिमाणमा द्विपक्षीय व्यापार नभए पनि अमेरिका नेपाली वस्त्र, तयारी पोशाक, हस्तकला तथा केही कृषि उत्पादनका लागि प्रमुख बजारमध्ये एक हो। विशेषगरी नेपाली गलैंचा, पश्मिना, हस्तनिर्मित सामग्री र गार्मेन्टका केही उत्पादन अमेरिका निर्यात हुँदै आएका छन्।

यदि सबै देशमाथि समान १० प्रतिशत अतिरिक्त ट्यारिफ लागू भयो भने नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुन सक्छ। भारत, बंगलादेश वा भियतनामजस्ता प्रतिस्पर्धी देशहरूमा पनि समान दर लागे तापनि मूल्य–संवेदनशील बजारमा सानो शुल्क वृद्धिले पनि निर्यातमा गिरावट आउन सक्ने जोखिम रहन्छ।

हालसम्म नेपालले अमेरिकासँग पाउँदै आएको विशेष व्यापारिक सुविधा यथावत् रहने वा न रहनेबारे स्पष्ट जानकारी आएको छैन। व्यापार तथा निर्यात क्षेत्रका जानकारहरूका अनुसार “विश्वव्यापी दर” लागू भएमा साना अर्थतन्त्रहरू पनि प्रभावित हुन सक्छन्, तर यसको अन्तिम प्रभाव अमेरिकाको कार्यान्वयन ढाँचामा निर्भर रहनेछ।

ट्रम्पको यस घोषणाले गत वर्ष अमेरिका र विभिन्न देशबीच भएका व्यापार सम्झौताहरूको भविष्यलाई अन्योलमा पारेको छ। अमेरिकी नीति परिवर्तनले विश्व व्यापार प्रणालीमा अस्थिरता ल्याउन सक्ने विश्लेषण भइरहेको छ। नेपालजस्ता विकासशील देशका लागि भने यस्तो परिवर्तनले निर्यात रणनीति पुनरावलोकन गर्नुपर्ने संकेत दिएको छ।

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

0

काठमाडौँ। नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ १०६ रुपैयाँ ५९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ ९७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा तोकिएको छ।

त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ४६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ १०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ १६ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तथा ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने

0

रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखिएको विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवालाबीच ६ बुँदे सहमति भएको छ। फागुन ८ गते बसेको सर्वपक्षीय बैठकले गाउँमा शान्ति सुरक्षा र आपसी सद्भाव सुदृढ बनाउने निर्णय गरेको हो।

बैठकले गाउँको सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वप्रति सामूहिक खेद व्यक्त गर्दै यस्ता गतिविधि निस्तेज पार्ने प्रतिबद्धता जनाएको छ। स्थानीय प्रशासन र नेपाल प्रहरीसँग समन्वय गर्दै शान्ति सुरक्षा कायम राखिने जनाइएको छ।

सहमति अनुसार गाउँमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, बिरामी तथा अपाङ्गता भएका व्यक्तिहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आपसी समझदारी र सौहार्दपूर्ण वातावरणमा मात्र सञ्चालन गरिनेछ।

पुर्खादेखि कायम रहँदै आएको सामाजिक सद्भावलाई निरन्तरता दिने, २०८१ चैत ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरशः पालना गर्ने तथा विवाहको लगन र मुस्लिम समुदायको पवित्र महिना रमजान नजिकिँदै गरेको सन्दर्भमा एक समुदायले अर्को समुदायको संस्कृतिको सम्मान गर्ने विषयमा पनि सहमति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए।

त्यसैगरी, कुनै पनि प्रकारका अवरोध सिर्जना गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सहयोग गर्ने तथा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण वातावरण कायम गर्ने निर्णय गरिएको छ।

सामाजिक सञ्जाल वा प्रत्यक्ष रूपमा सद्भाव भड्काउने गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउने र जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा कडा कानुनी कारबाही अघि बढाइने सहमति भएको छ।

सहमति पश्चात् सवगढावासीले गाउँमा शान्ति, एकता र भाइचाराको वातावरण पुनः स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

नेपालमा मौसम शुष्क, तराईका केही स्थानमा कुहिरो र तुँवालो रहने

0

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको जनाएको छ। आज देशका अधिकांश भू–भागमा मौसम सामान्यतया शुष्क रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको तराई, मधेश प्रदेश, र बाँकी पहाडी भू–भागमा आंशिक रूपमा बादल लाग्नेछ। तराईका थोरै स्थानमा तुँवालो पनि पर्ने सम्भावना छ।

आज दिउँसो तराईका केही क्षेत्रमा बिहान हुस्सु र कुहिरो रहने अपेक्षा गरिएको छ। हिमाली भू–भागमा, विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशहरूमा साधारण रूपमा बादल लाग्ने देखिन्छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि आंशिक बादल रहनेछ। बाँकी भू–भागमा मौसम मुख्य रूपमा सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको चेतावनी दिएको छ।

आज राति पनि तराईभित्रका केही स्थानमा तुँवालो रहने, साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बादल रहने, बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, नयाँ तालिका भोलि सार्वजनिक हुने

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित गरेको छ। पार्टीले शनिबार भैरहवामा र आइतबार पोखरामा सभा गर्ने तयारी गरेको थियो।

उक्त सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। तर दुईवटा कारणले सभा स्थगित गरिएको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।

उनका अनुसार नेताहरूको समय व्यवस्थापनमा समस्या आएको तथा सचिवालय तहका नेताहरूबीच आन्तरिक छलफल, गृहकार्य र पार्टीको रणनीति तर्जुमा गर्नुपर्ने भएकाले पूर्वनिर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको हो।

परिवर्तन उद्घोष सभाको परिमार्जित तालिका भने भोलि सार्वजनिक गरिने पार्टीले जनाएको छ।

इरानलाई घेरा हाल्दै अमेरिका

0

काठमाडौं । बीबीसी भेरिफाइले संयुक्तराज्य अमेरिकाको युद्धपोत र विमानवाहक जहाजको मध्यपूर्व तर्फ तैनाथी बढेको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय स्रोतका अनुसार विश्वको सबैभन्दा ठूलो विमानवाहक “USS Gerald R. Ford” अफ्रिकाको पश्चिमी तट नजिकै एट्लान्टिक महासागरमा छोटो समयका लागि ट्र्याक भएको थियो, र यसलाई स्ट्रेट अफ जिब्राल्टर हुँदै मध्यपूर्वतिर लैजाने अपेक्षा गरिएको छ।

प्रत्येकबीच सार्वजनिक रूपमा उपलब्ध ४८ मिनेटको समय अवधिमा यो जहाज भूमध्यसागरसम्म पुगेको देखिएको छैन, तर यसको दिशा र तैनाथीले संकेत गर्छ कि यसले क्षितिज पार गरेर मध्यपूर्वमा प्रवेश गर्ने तयारी गर्दैछ। त्यसैगरी, अर्को विमानवाहक जहाज USS Abraham Lincoln पहिले नै अरब सागरको ओमानतट नजिक लगभग ७०० किलोमिटर टाढा स्थित रहेको पुष्टि भएको छ, जुन तनाव बढिरहेको क्षेत्र हो।

बीबीसी भेरिफाइले पछिल्ला केही हप्तामा उपग्रह छविहरू र सार्वजनिक नक्सा डेटा प्रयोग गरेर अमेरिकाको विनाशक, युद्धपोत र लडाकु विमानहरूको संख्या मध्यपूर्व क्षेत्रमा बढिरहेको ट्र्याक गरेको छ। यस अवस्थालाई अमेरिकाले इरानसँगको सम्बन्ध बिग्रिएको र परमाणु वार्ताको दबाबका बीचमा सैन्य उपस्थिती बढाइरहेको संकेतको रूपमा लिइएको छ।

यी विमानवाहक जहाजहरू व्यापक युद्धपोत समूहको नेतृत्व गर्छन् जसमा हजारौं कर्मचारी र दर्जनौं लडाकु विमानहरू छन्। उही बीच, व्हाइट हाउस र टुप्रधानपतिको बीच केही कूटनीतिक वार्ता भईरहेका छन् भने तनाव घटाउने प्रयास भइरहेको जानकारी पनि सञ्चार माध्यमले रिपोर्ट गरेका छन्।

स्थिति अझै संवेदनशील भएकोले अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरू यसलाई निकै ध्यान दिएर हेर्दै छन्।

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी, नागरिकता विवरणमा फरक परेको आरोप

0

काठमाडौं । बालेन शाह विरुद्ध गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ। उजुरी युवराज पौडेल सफलले दायर गरेका हुन्। उजुरीमा शाहले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप लगाइएको छ।

उजुरीकर्ताले शाहले नागरिकता ऐन, २०६३ विपरीत कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी कारबाही गर्न माग गरेका छन्। निवेदन अनुसार २०६३ साल पुस ६ गते जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट ५१९२ नम्बरको नागरिकता लिँदा उनको थर ‘साह’ उल्लेख गरिएको थियो। तर २०७९ असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा थर परिवर्तन गरी फरक विवरण उल्लेख गरिएको दाबी उजुरीमा गरिएको छ।

उजुरीमा नागरिकता ऐन, २०६३ को दफा १२ उल्लेख गर्दै झूटो विवरणका आधारमा नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो नागरिकता रद्द गर्न सकिने कानुनी व्यवस्था रहेको जिकिर गरिएको छ।

निवेदनमा सम्बन्धित कागजातहरूको अनुसन्धान गरी कानुन बमोजिम नागरिकता खारेज गर्न तथा दोषी ठहर भएमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ।

यस विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।