Tuesday, May 12, 2026
Home Blog Page 788

सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै

0

गोदावरी (कैलाली): सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ ।सडक कालोपत्रका लागि रु ३१ करोड प्राप्त भएको छ । कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ ।

दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ । कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ ।

अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिनुभयो । बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा सो सडकका लागि रु १४ करोड बजेट विनियोजन भएकोे छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा रु तीन करोड छुट्याइएको छ ।

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

0

काठमाडौँ: गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो ।

यसैगरी रु २१ हजार राशिको ‘पुष्कर सर्वोत्कृष्ट पत्रकारिता’ पुरस्कार पत्रकार श्याम स्मृतले पाउनुभएको छ । अभिनेता शाहले सम्मानित भएपछि भन्नुभयो, “नेपाली चलचित्रका प्रारम्भिक दिनमा ‘प्रिन्ट’ बोकेर चलचित्र भवनमा पुर्याएर उद्धव पौडेलले गर्नुभएको योगदानसँग म परिचित छु । मलाई अझै काम गर्ने प्रेरणा मिलेको छ ।”

यसैगरी ‘नारायण’ सर्वोत्कृष्ट निर्माण नियन्त्रक पुरस्कार अरुण रेग्मी (महानगर), ‘शुभ’ सर्वोत्कृष्ट पाश्र्वसङ्गीत पुरस्कार किरण तुलाधर (बुलाकी), ‘प्रदीप’ सर्वोत्कृष्ट पुनः ध्वनि मुद्रण (मिक्सिङ) पुरस्कार मुकेश शाह (नाङ्गो गाउँ), ‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक पुरस्कार हिमाल केसी (एक भगवत एक गीता), ‘वसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक पुरस्कार कविराज गहतराज (एक भगवत एक गीता)ले प्राप्त गर्यो ।

त्यसैगरी ‘किरण’ सर्वोत्कृष्ट गीतकार पुरस्कार सुष्मा सिग्देल (नाङ्गो गाउँ), ‘उदित’ सर्वोत्कृष्ट पाश्र्व गायन पुरस्कार एसडी योगी र अञ्जु पन्त (नाङ्गो गाउँ), ‘शम्भुजीत’ सर्वोत्कृष्ट सङ्गीतकार पुरस्कार आशिष अविरल (एचो पैचो), ‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक पुरस्कार वनिश शाह (पशुपति प्रसाद २ः भष्मे डन), ‘मञ्जु’ सर्वोत्कृष्ट छायाकार पुरस्कार शिव ढकाल (बुलाकी), ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र संवाद पुरस्कार उपेन्द्र सुब्बा (जारी), ‘चेतन’ सर्वोत्कृष्ट पटकथा लेखन पुरस्कार प्रदीप भट्टराई (महाजात्रा), ‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र पुरस्कार जारी, ‘मह’ जुरी गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार द रेड सुट्सेकलाई प्रदान गरियो ।

कार्यक्रममा ‘गोपालराज’ सर्वोत्कृष्ट हास्य कलाकार पुरस्कार रवीन्द्र झा (महाजात्रा), ‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री पुरस्कार परीक्षा लिम्बू (जारी), ‘विश्व’ सर्वोत्कृष्ट नवअभिनेता पुरस्कार प्रकाश सपूत (परदेशी २), ‘वसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री पुरस्कार वर्षा शिवाकोटी (पशुपति प्रसाद २ः भष्मे डन), ‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता पुरस्कार अर्पण थापा (दिमाग खराब), ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार स्वस्तिमा खड्का (दिमाग खराब) र मिरुना मगर (जारी), ‘शिव’ सर्वोत्कृष्ट अभिनेता पुरस्कार विपिन कार्की (महाजात्रा), ‘हिरा’ सर्वोत्कृष्ट चलचित्र पुरस्कार महाजात्रा र ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक पुरस्कार प्रदीप भट्टराई (महाजात्रा)लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, चैत्य देवी, वसुन्धरा भुसाल, अभिनेता रमेश उप्रेती, निर्देशक ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेता रमेश उप्रेतीलगायत कलाकार उपस्थित हुनुहुन्थ्यो ।

गायिका चन्दा देवानद्वारा हिन्दी गीत विमोचन

0

काठमाडौँ: गायिका चन्दा देवानले एक समारोहका बीच ‘बहुरानी’ हिन्दी गीत विमोचन गर्नुभएको छ।

गीतकार तथा समाजसेवी प्रमिला बस्नेतको शब्द, वरिष्ठ संगीतकार शंकर थापा ‘इस्माएल’ को संगीत तथा
अन्नु चौधरीको स्वर रहेको गीतको म्यूजिक भिडियोलाई केशवराज भट्टले निर्देशन गर्नुभएको छ।

मुसहरनियाका किसानलाई धानको बीउ वितरण

0

जनकपुर: उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्करूपमा उन्नत जातको धानको बीउ वितरण गरेको छ । पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण गरिएको बताउनुभयो । किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बीउ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बीउ ल्याएका छौँ, बढी हुनसक्छ कम हुँदैन ।” उहाँका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बास्मती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बीउ वितरण गरिएको छ ।

अध्यक्ष यादवले धानको बीउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बीउ खरिद गरिएको जानकारी दिनुभयो । उहाँले धानको बीउसँगै किसानलाई आवश्यक परामर्श, कृषिऔजार तथा उपकरण वितरण गरिँदै आइएको बताउनुभयो ।

श्रम समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’

0

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

0

काठमाडौँ: नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कृषकलाई हाते ट्र्याक्टर वितरण

0

म्याग्दी (बेनी): म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो ।

वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको उहाँले बताउनुभयो ।

“रु ४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले रु २०÷२० हजारको दरले साझेदारी भएको छ, छिट्टै व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना बनाएका छौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शाही, वडा सदस्य जितबहादुर खत्री, आइती दर्जीलगायतले कृषकलाई हाते ट्र्याक्टर वितरण गर्नुभयो ।

यस वर्ष कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्र्याक्टर र २५ कृषकलाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ । गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताउनुभयो ।

“गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरुले समेत जोत्न मिल्ने भएकाले हाते ट्र्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्र्याक्टरबाट सहज हुन्छ”, उहाँले भन्नुभयो । म्याग्दीमा पछिल्लो समय खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन हराएको छ भने हाते ट्र्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

हाते ट्र्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने पिप्लेका कृषक प्रकाश शर्माले बताउनुभयो । सडक सञ्जालको पहुँच विस्तार भएसँगै जिल्लाको ग्रामीण भेगमा खेतबारी जोत्ने काममा हाते ट्र्याक्टरको प्रयोग बढ्दै गएको छ ।

चार दिनदेखि युवक सम्पर्कविहीन

0

मनाङ: मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।

प्रजिअ लामिछानेले भन्नुभयो, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

0
टीकापुर (कैलाली): कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो ।
टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ । “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिनेलगायत काममा पुरुष सहयोगी बन्नुपर्छ ।”
महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउनुहुन्छ । “कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,” उहाँले भन्नुभयो, “शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग मात्र भन्न सक्छौँ ।”
महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्छ । जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावलले महिनावारीको समयमा महिलालाई भेदभाव हुने गरेको बताउनुभयो । “महिनावारी हुँदा आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग पाइनुपर्छ । बुबा तथा दाजुभाइले प्याड किनिदिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “घरबाटै सहयोग सुरु हुनुपर्छ । पसलमा प्याड किन्ने वातावरण अनिवार्य चाहिन्छ ।”
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताउनुभयो । “आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ”, उहाँले भन्नुभयो, “बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ ।”
‘न्यू लाइट एजुकेसन होम’की ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताउनुहुन्छ । “महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ”, उहाँ भन्नुहुन्छ, “यसमा परिवार र विद्यालय जिम्मेवार बन्नुपर्छ । महिनावारीका समयमा तनावमा हुन्छौँ । यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ ।”
टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास रोक्न आवश्यक भएको बताउनुहुन्छ । “हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदाय स्तरमै सिकाउनुपर्छ ।”
महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र चेतनामा सबै जिम्मेवार बन्नुपर्ने हुन्छ । वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुनै रमाइलो दिन, जन्मदिनलगायतका अवसरमा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताउनुहुन्छ । “महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्”, उहाँले भन्नुभयो, “प्याड किन्न पैसो चाहिन्छ, यो पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिन तथा घरायसी काममा सघाउन पुरुष सहयोगी हुनैपर्छ ।”

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

0
file photo

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गर्नुभएको छ ।

गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिनुभएको हो । उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिनुभयो ।

गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिनुभयो । नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेस गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारको सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत–साधनयुक्त र चुस्त–दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थाल्नुभएको हो ।