Tuesday, May 12, 2026
Home Blog Page 783

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

0

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

0

काठमाडौँ: काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले महानगर सबै अस्पताललाई आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नै औषधि पसल नभएको पाइएपछि सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।” अस्पतालले अनिवार्यरुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता

0

काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घ नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हृयाम्डीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा पुगेर आवासीय संयोजक हानाले उपाध्यक्ष डा श्रेष्ठसँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्तामा आगामी आर्थिक वर्षदेखि लागू हुने १६औँ योजनाको कार्यान्वयन, आगामी आर्थिक वर्षको बजेट, अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी साथै दिगो विकास लक्ष्य प्रगति समीक्षा विषयमा छलफल भएको थियो । साथै आगामी जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक फोरममा नेपालको सहभागिताका विषयमा समेत छलफल भएको थियो ।

उक्त नेपालको तेस्रो दीगो विकास लक्ष्यसम्बन्धी स्वेच्छिक राष्ट्रिय समीक्षा (भिएनआर) प्रतिवेदन पेस हुनेछ । यसअघि उक्त भिएनआर प्रतिवेदन पहिलो सन् २०१७ र दोस्रो सन् २०२० मा प्रस्तुत भएको थियो । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घले हालसम्म गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना कार्यान्वयन र आयोगको क्षमता अभिवृद्धिका लागि हुने सहयोगको निरन्तरताका लागि हानासँग अनुरोध गर्नुभयो ।

बागमतीलाई कराते प्रतियोगिताको उपाधि

0

काठमाडौँ: नेपाल कराते महासङ्घको आयोजनामा भएको ५६औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि वाग्मती प्रदेशले जितेको छ । कूल १५ स्वर्ण, आठ रजत र १० कास्यपदकका साथ वाग्मती समग्रमा टिम च्याम्पियन बनेको हो । सातदोबाटोस्थित कराते हलमा आज भएको उक्त प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कास्य जितेको नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक महासङ्घका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । तीनदिने उक्त प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा सहभागी हुने

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिने जानु हुनेभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, “प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।” सोही बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने पनि बैठकमा निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ । बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुका रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली,२) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

0

काठमाडौँ: ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।कूल रु दुई करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएका हो । त्यस्तै ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको कूल रु तीन करोड पाँच लाख आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको भवन पनि उद्घाटन गरिएको छ ।

सो भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक सुविधासँगै भवन निर्माण गरिएको हो ।

त्यसैगरी भारत सरकारको अनुदान सहयोग भगवती माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका प्रमुख, इनरुवा नगरपालिकाका प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको दूतावासले जनाएको छ ।

उक्त भवन विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने अपेक्षा राखिएको छ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

0

काठमाडौँ : मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गर्नुभयो ।

‘‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आव्हान गर्नु भएको बेहोरा जानकारीका लागि अनुरोध छ”, सूचनामा भनिएको छ ।

 

काठमाडौँ उपत्यकामा अपराह्न वर्षा हुने

0

विश्वकप क्रिकेट : भारतले आयरल्याण्डलाई हरायो

0

काठमाडौँ: भारतले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे । आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको

आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए । भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए ।

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । यसै समूहको अर्को खेल आज राति ९ः१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

0
फाइल तस्बिर

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको थियो । प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । “प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।

उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ ।