Tuesday, June 16, 2026
Home Blog Page 689

बंगलादेशसँग ४० मेगावाट बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

0

काठमाडौं: नेपालले आज बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा थियो। यस्तै, सो अवसरमा दुवै देशका उच्च सरकारी अधिकारीको समेत उपस्थिती थियो।

प्राधिकरणले भारतीय एजेन्सी एनभिभिएनलाई बिजुली उपलब्ध गराउनेछ। सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बंगलादेश पुर्‍याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

कूल चार सय केभी क्षमताको सो प्रसारण लाइनमार्फत पठाइएको बिजुलीको हिसाब मुजफ्फरपुरमा राखिनेछ। मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी) बिजुली बंगलादेश पुग्नेछ। प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। ती दुवै आयोजनाको बिजुली भारत निर्यातका लागि स्वीकृति पाइसकेकाले पनि सहज भएको बताइन्छ।

प्राधिकरणले वर्षायामको पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई बिजुली निर्यात गर्नेछ। पूर्ववत् समझदारी अनुसार पाँच महिनामा एक लाख ४४ हजार मेगावाट घण्टा बिजुली निर्यात हुनेछ। प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ। आज भएको सम्झौता मध्यकालीन हो। प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ।

लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश जाने सम्झौतामा हस्ताक्षर भएको हो। ‘टोकन’ कै रुपमा भएपनि नेपालको बिजुली बंगलादेश पुग्नु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ। बुधबार मात्रै दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, दुई देशका सचिवस्तरीय संयन्त्रको निर्णयानुसार आज सम्झौतामा हस्ताक्षर भएको हो। केही दिनभित्रै प्राधिकरणले बंगलादेश बिजुली निर्यात सुरु गर्ने जनाइएको छ।

बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल हुँदै आएको थियो। यसैबचिमा दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको बुधबार मात्रै सम्पन्न भयो। सो बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बंगलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो।

यस्तै, दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत् आयोजना (नेपाल, बंगलादेश र भारतबीच) सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिवस्तरीय संयन्त्रको बैठक अगावै टुंगो लगाउने सहमति भएको छ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन हुने भएको छ। नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न आवश्यक पहल गरिनेछ। त्यस्तै नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गरिनेछ।

गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी थियो। दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

पुनः दोस्रो पटक गत साउन १३ मा नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय सम्झौताको तयारी गरिएको थियो। यस्तै, नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकको समेत आयोजना गरिएको थियो। तत्कालीन समयमा बंगलादेशको राजनीतिक परिवर्तनले सो कार्यक्रम स्थगन हुन पुग्यो। बंगलादेशको अन्तरिम सरकारले पनि बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो।

यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। यो अर्को महत्वपूर्ण विषय हो।

सांकेतिक रूपमा नै भए पनि बंगलादेशमा बिजुली बिक्री हुनु नेपालको सफलताका रुपमा लिइएको छ। भारतपछि उपक्षेत्रीय रूपमा नेपालको बिजुली अन्यत्र पुग्नु आफैँमा महत्वपूर्ण हुने सरकारको बुझाइ छ। प्राधिकरणले भारतीय कम्पनी एनभिभीएनलाई बिजुली उपलब्ध गराउने छ। सोही कम्पनीले नेपाली बिजुली बंगलादेश पुर्‍याउने छ।

बंगलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीमा २०७५ सालमा नै हस्ताक्षर भइसकेको छ। सम्झौता अनुसार, प्राधिकरणले वर्षायाममा बिजुली बिक्री गरेर रु एक अर्ब २३ करोड बराबर आम्दानी हुने प्रक्षेपण गरेको छ।

बंगलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने पाँच सय मेगावाट बिजुली लैजान इच्छा व्यक्त गरेको छ। विद्युत् बिक्रीसम्बन्धी सम्झौताका विषयमा पटकपटक छलफल भए पनि अन्तिम निष्कर्ष भने निस्कन सकेको छैन।

यस्तै सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण र विकासका लागि प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम निर्माण गर्ने समझदारी २०८० जेठ २ गते सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले गरिसकेको छ। सोही बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइनका सम्भाव्य विकल्पको अध्ययन गर्न प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय गरेको थियो।

दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको पहिलो बैठक २०७५ मङ्सिर १७ र १८ मा काठमाडौँमा सम्पन्न भएको थियो। सोही बैठकमा नेपालको बिजुली बंगलादेश लैजान सहजीकरण गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो। त्यसअघि २०७५ साउन २५ गते तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदबीच विद्युत् क्षेत्रमा द्विपक्षीय सहकार्य सुरुआत गर्ने प्रयोजनार्थ एक समझदारीमा हस्ताक्षर भएको थियो। सोही समझदारीपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयन्त्रको बैठक नियमित बस्दै आएको छ। हाल प्राधिकरणले भारतलाई मात्रै बिजुली निर्यात गर्दै आएको छ।

रमेश लम्साल/रासस

मेसी र स्वरेजले इन्टर मियामीलाई जिताए

0

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए ।

त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए । खेलको ८४औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

यस खेलमा खेलको ६३औ मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो ।

यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अंक रहेको छ ।

महिला भलिबल लिग: मधेशको लगातार तेस्रो हार

0

काठमाडौँ: जारी एभरेस्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले मधेश युनाइटेडलाई पराजति गरेको छ ।

गएराति सम्पन्न खेलमा चितवनले मधेशलाई ३-१ को सेटमा पराजित गरेको हो।

यस खेलमा शुरुका दुई सेट लगातार हारेको मधेश प्रदेशले तेस्रो सेट जितेर खेलमा कम ब्याक गर्ने प्रयास गरेको थियो । तर चितवनले चौथो सेट जितेर खेल जितेको थियो ।

चितवनले यो जितसँगै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै मधेशले भने लगातार तेस्रो हार बेहोरेको छ ।

लिग अन्तर्गत आज पहिलो खेल काठमाडौँ स्पाइकर्स र मधेश युनाइटेडबीच ३: ४५ बजेदेखि हुने भने दोस्रो खेल कर्णाली यशविस र चितवन शक्तिबीच ५: ४५ बजेदेखि हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर क्विन्स र गण्डकी थण्डर्सबीच राति ७: ४५ बजेदेखि हुने छ ।

एनपीएलको अक्सनमा १४२ खेलाडी

0

काठमाडौँ । आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी अक्सन हुने भएको छ । जसका लागि १४२ खेलाडी छनौट गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कुल ४२६ खेलाडीले आफ्नो नाम दर्ता गराएकोमा त्यसबाट एनपीएल तयारी समितिले १४२ खेलाडी छनोट गरेर अक्सनमा सहभागी गराउन लागेको हो।

मंसिर १५ देखि नेपाली फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । क्यानले असोज ५ देखि १२ सम्म खेलाडी दर्ताका लागि खुला गरेको थियो । अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ग्रेड ‘बी’ ३८ र ग्रेड ‘सी’ ७७ खेलाडी रहेका छन् । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ ।

एनपीएलमा सहभागी हुने टिममा सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स रहेका छन् ।

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

0

काठमाडौँ: हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा, गाउँ नै शोकमा,परिवारमा पूरै अन्धकार

0

बरहथवा (सर्लाही): गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए ।

आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त । त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो । घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । ‘‘परिवारको दुःख हटाउछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो”, बुबा भरत साहले भक्कानिँदै भन्नुभयो, ‘‘धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो । त्यो पूरा नहुँदै अस्तायो ।”

छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताउनुभयो । “घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ ?’’, गहभरि आँसु पार्दै भरतले भन्नुभयो ।

४५ वर्षीय बुबा भरत सामान्य किराना पसल चलाउनुहुन्छ । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किरान पसल हो । थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ । ‘‘छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो । घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । आमाको राम्रोसँग होस आएको छैन”, उहाँले सुनाउनुभयो ।

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गर्नुभयो । गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उहाँ काठमाडौँ जानुभयो । दिदी विभाकुमारी साहसँगै बसेर उहाँले काठमाडौँको नयाँबानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहनुभएको थियो ।

क्याम्पसले उहाँलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र चितवन आएर फर्कँदै हुनुहुन्थ्यो । शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रोबसमार्फत काठमाडौँ फर्कँने क्रममा राति १ः२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उहाँ त्यसपछि भने सधैँका लागि सम्पर्कविहीन हुनुभयो । ‘‘फोनमा भाइलाई कहाँ आइपुग्यौँ भनेर सोधेको थिएँ । दिदी म आउँदै छु, रातको समय जङ्गलको बीचमा जाममा परेको छु । जाम खुल्यो भने छिट्टै आइपुग्छु, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो । किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे तर, फोन लाग्दै लागेन”, दिदी विभाले भन्नुभयो,“कुनै कारणले फोन बन्द भयो कि ? भन्ने लाग्यो । भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन । लगातार पानी परिरहेका थियो । बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरु गर्यौँ । बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए । दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ । सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले ।”

आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए । चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिए । बुबा भरतले सुनाउनुभयो,“पहिराले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन । काठमाडौँमा भएका आफन्तलाई पठायौँ । सोमबार बिहान छोराको शव पहिचान भयो । उफ!”

एकछिन निशब्द हुनुभएका उहाँले आँसु पुछ्दै उहाँले भन्नुभयो,“त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगँे कुनै होस छैन । मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो । बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।”

नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन खोटाङ प्रशासनको आग्रह

0

खोटाङ: जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले खोटाङसहित कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको औंल्याएपछि प्रशासनले आज सार्वजनिक सूचना प्रकाशन गरेर जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

खोटाङ तथा आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “खोटाङ भएर दूधकोशी र सुनकोशीगरी दुई वटा नदी बहने गरेको छ । नदी तथा तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन सबैको सूचना जारी गरिएको छ”, उहाँले भन्नुभयो, “जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि आज साँझ जिल्ला सुरक्षा समितिको बैठक बस्यौँ । बैठकलगत्तै सार्वजनिक सूचना गरेर उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौँ ।”

दश स्थानीय तह रहेको खोटाङमा यसअघि यही असोज १२ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढी तथा पहिरोका कारण जिल्लाका एक सय ३५ जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले ३३ वटा घर पुरिँदा विस्थापित बनेका उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

यही असोज १० गतेदेखि तीनसम्म लगातार परेको भीषण वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा आएको बाढी तथा पहिरोले दुई जना स्थानीयवासी घाइते हुनुका साथै ३८ वटा घरमा आंशिक क्षति गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी तथा पहिरोका कारण करोडौँको क्षति भएको जिल्लामा मानवीय क्षति नभए पनि १८ वटा पशुचौपाया पुरिएर मरेको प्रहरीले जनाएको छ ।

जिल्लामा सञ्चालित विकासे योजनाबाहेक मानिसका घरमा भएको क्षतिमात्र रु ७९ लाख ९९ हजार बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजना खानेपानी, सिँचाइ, विद्युत्लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका छन् ।

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँच वटा झोलुङ्गे पुलहरु शनिबार दिउँसो आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्कविच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत

0

मन्थली (रामेछाप): मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ ।

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुुभयो ।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडाँै आवतजावत गर्थे । काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडाँैका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।

विद्युत् प्राधिकरणसँग सहकार्य गरेर भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी : प्रमुख दाहाल

0

चितवन: भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताउनुभएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ बुधबारदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो ।

स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले छिट्टै निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । यसका अतिरिक्त सार्वजनिकस्थलमा महानगरपालिकाकै लगानीमा चर्जिङ स्टेशन बनाउन लागेको बताउनुभयो ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ ।”

कार्यक्रममा एशोसिएशनका अध्यक्ष राजन पियाले चार्जिङ स्टेशन, अटोल्याण्ड, मोटर्स स्पोर्सका लागि ट्रयाक निर्माणमा महानगरपालिकाको सहयोगको अपेक्षा गर्नुभयो । एशोसिएशनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युतीय मोटरले देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरे, च्याम्बिर अर्फ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराई, एशोसिएशनका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठलगायतले जिल्लामा पहिलो पटक यति ठूलो कार्यक्रम गर्न पाएको बताउनुभयो ।

एक्स्पोमा २८ वटा स्टल रहेका छन् । ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन् । यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन् । एशोसिएशनले यसअघि भुटान र भारतसम्म मोटर र्‍याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्‍याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ ।

इजरायली सेनालाई लेबनानमा पछि हट्न बाध्य पारेको हिजबुल्लाहको दाबी

0

काठमाडौं: लेबनानमा रहेको इरान समर्थित समुह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ ।

उनले बुधबार बिहान इजरायली सेनासँग झडप भएको एक विज्ञप्तिमा भनेको छ । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका थिए।

विज्ञप्तिमा थप भनिएको छ – हिजबुल्लाह लडाकुहरूले इजरायली गस्तीको सामना गरे, यसको सामना गर्दै, क्षति पुर्याए र यसलाई पछि हट्न बाध्य पारे ।

इजरायलले अहिलेसम्म हिजबुल्लाहका यी दावीहरूको प्रतिक्रिया दिएको छैन।

यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो।

आइडीएफले सोसल मिडिया प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको छ।

आइडीएफले भन्यो, “हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको स्थानलाई लक्षित गर्नेछौं। यो सैन्य कारबाही सीमित क्षेत्रमा हुनेछ। यी लक्ष्यहरू सीमावर्ती गाउँहरूमा छन्। यहाँबाट हिजबुल्लाहले इजरायलको उत्तरी सीमामा बसोबास गर्ने मानिसहरूलाई आक्रमण गर्दछ।”