Friday, June 19, 2026
Home Blog Page 632

एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै

0

नवलपरासी: पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्य बराबरको काठ बिक्री नभएर सड्न थालेको हो ।

काठ बिक्री सम्बन्धी नयाँ नीति आएपछि काठ बिक्री गर्नमा समस्या भएको जनाइएको छ । प्रदेशको वन नीति संशोधन नभएसम्म काठ बिक्रीमा समस्या आइरहने उहाँले बताउनुभयो । डिभिजनल वन कार्यालयले दोस्रो पटक काठ बिक्री गर्ने तयारी गरिरहेको वन अधिकृत भगतले बताउनुभयो ।

काठ तथा फर्निचर व्यापार नभएर काठ व्यवसायीले खरिद नगरेपछि वन कार्यालयभित्रै काठ सड्न थालेको नवलपरासी काठ व्यवसायी सङ्घका अध्यक्ष दीपक पङ्गेनीले बताउनुभयो । सालको काठ महँगो भएकाले व्यवसायीले काठ खरिद नगरेपछि जिल्लामा करोडौँ मूल्य बराबरको काठ वनभित्रै सड्न थालेको दिपीका फर्निचरका सञ्चालक एवं काठ व्यवसायी चन्द्रभान धरिकारले बताउनुभयो ।

चिसोले बागलुङ ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

0

ढोरपाटन (बागलुङ): चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।

उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ ।

पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ ।

“ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् ।

ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।

एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’

0

काठमाडौँ: पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ ।

यही मङ्सिर १५ गतेदेखि आगामी पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सहभागी सबै टोलीलाई पाखा लगाउँदै काठमाडौँ गोर्खाज लिगको प्रथम संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने दाउमा छ । काठमाडौँ गोर्खाजका मुख्य प्रशिक्षक बसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

“काठमाडौँ गोर्खाज प्रतियोगितामा खाली सहभागी मात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ”, उहाँले भन्नुभयो । यसअघि भैरहवालगायतका स्थानमा अभ्यास खेल खेलेको काठमाडौँ गोर्खाजले एनपीएलमा उत्कृष्ट खेल प्रदर्शन गर्नेे विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ गोर्खाजले श्रीलङ्का र बङ्गलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ ।

अक्सनको समयमा काठमाडौँ गोर्खाजलाई कमजोर टोली भनिएको प्रसङ्ग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, “कतिपयले काठमाडौँ गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।”

प्रशिक्षक शाही काठमाडौँ गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौँ गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो । “उहाँले अलिअलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेल अघि पूूर्णरुपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु”, प्रशिक्षक शाहीले भन्नुभयो ।

काठमाडौँ गोर्खाजले आफनो पहिलो खेल चितवन राइनोजसँग यही मङ्सिर १७ गते खेल्ने छ । प्रशिक्षक ठकुरी टी–ट्वान्टी क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौँ गोर्खाजले जित निकाल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

काठमाडाँै गोर्खाज काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । काठमाडौँ गोर्खाजको मार्की खेलाडीमा राष्ट्रिय टोलीका सदस्य करण केसी हुनुहुन्छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । काठमाडौँ गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र शाहब आलम हुनुहुन्छ । यस्तै यु–१९ बाट खेलेका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ ।

त्यसैगरी काठमाडौँ गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इङ्ग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्यान्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ ।

इङ्ग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रर्दशन गर्नुभएको छ । उहाँले न्यू साउथ वेल्सको यु–२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेशनल क्रिकेट लिग टी–ट्वान्टीलगायतको विश्वको विभिन्न खेल खेलेको अनुभव उहाँसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौँ गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु वर्मा हुनुहुन्छ ।

प्रतियोगिताका लागि माइकल लेभिट भने नेपाल आइसक्नुभएको छ । बाँकी विदेशी खेलाडी यही मङ्सिर दोस्रो सातासम्म नेपाल आइपुग्ने काठमाडौँ गोर्खाजले जनाएको छ । यसैगरी काठमाडौँ गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफनो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौँ गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यस नेपाल प्रिमियर लिग (एनपिएफ) हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौँ गोरर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल यही मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको पक्षमा मतदान गर्न महामन्त्री शर्माको आग्रह

0

इनरुवा (सुनसरी): नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा यहाँ आइपुग्नुभएका उहाँ आज आयोजित घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उहाँले दाबी गर्नुभयो । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उहाँको भनाइ थियो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो

0

कञ्चनपुर: लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा र उनका परिवारलाई जङ्गली हात्तीको आतंकले घरबारविहीन बनाएको छ। हात्तीको आक्रमणले घर भत्काएपछि उनीहरू एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्।

घटनाको विवरण: ठगी कडाराको घर भत्काउँदा हात्तीले अन्नपात नष्ट गरेको छ। उनका अनुसार हात्तीले घरभित्र रहेको आठ बोरा धान खाइदिएर लत्ताकपडा र भाँडाकुँडामा क्षति पुर्याएको छ। पार्वती कडाराले मध्यरातमा हात्तीले भित्तो भत्काएपछि आफ्नो परिवारले भागेर ज्यान जोगाउनुपरेको बताएकी छन्।

अन्य प्रभावित: छिमेकीहरूसमेत हात्तीको आक्रमणबाट पीडित छन्। हरिलाल टमटा र राज टमटाको घर र उखुबारीमा हात्तीले नोक्सानी पुर्याएको छ। उनीहरूले हात्ती नियन्त्रणका लागि आवश्यक पहल गर्न स्थानीय निकायसँग माग गरेका छन्।

समस्याको व्यापकता: लालझाडी गाउँपालिकामा हालसम्म हात्तीले ५० बिघाभन्दा बढी उखुबाली नष्ट गरेको छ। स्थानिय वन क्षेत्र खर्रानालामा बसेका २४ हात्तीको बथानले लगातार आक्रमण गरिरहेको छ।

नियन्त्रण प्रयास: लालझाडी सव डिभिजन वन कार्यालयले जनचेतना, साइरन बजाउने, सडकमा बत्तीको व्यवस्था गर्ने जस्ता उपाय अपनाएको छ। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट कुनै प्रभावकारी कदम नचालिएकोप्रति स्थानीय बासिन्दा र जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्।

आवश्यक समाधान: हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी व्यवस्थापनका साथ राष्ट्रिय निकुञ्जको सहकार्य अनिवार्य भएको स्थानीयहरूले बताइरहेका छन्। जनजीवन त्रसित हुँदा तत्काल राहत र सुरक्षा व्यवस्था प्राथमिकतामा पर्नुपर्छ।

साउदी अरबको चेतावनीपछि पाकिस्तानले आफ्ना हजारौं भिखारीलाई देश छोड्न रोक लगायो

0

काठमाडौं । पाकिस्तानी भिखारीहरूले खाडी मुलुक साउदी अरबमा भीख मागेर हैरान पारेपछि साउदी अरेबिया सरकारले यसबारे पाकिस्तानलाई बारम्बार गुनासो र चेतावनी दिएको छ।

अब पाकिस्तानले साउदी अरेबियालाई भिखारी विरुद्धको कदमबारे जानकारी दिएको छ । बुधबार पाकिस्तानले साउदी अरबमा भिखारी पठाउने माफियाविरुद्ध ठूलो कारबाही गरेको बताएको छ ।

पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन रजा नक्वीले बुधबार साउदी अरेबियाका उप-आन्तरिक मन्त्री डा. नासेर बिन अब्दुलअजीज अल दाउदलाई भेटे र भिखारीहरू विरुद्ध पाकिस्तानी सरकारको कारबाहीबारे जानकारी दिए।

पाकिस्तानी गृहमन्त्रीले साउदी मन्त्रीलाई करिब ४ हजार ३ सय भिखारीको नाम एग्जिट कन्ट्रोल लिस्ट (ईसीएल) मा राखिएको बताए । यी भिखारीहरूले देश छोडेर कतै जान पाउँदैनन् । उनले साउदी अरब जाने भिखारीहरूप्रति पाकिस्तानले ‘शून्य सहनशीलता’ को नीति अपनाइरहेको बताए।

सेप्टेम्बर २०२३ मा साउदीअधिकारीहरूले भनेका थिए – पाकिस्तानी भिखारीहरू ‘जियारत’ (तीर्थयात्रा) को बहानामा इराक र साउदी अरब जस्ता देशहरूमा यात्रा गर्छन् र त्यसपछि भीख माग्न्छन्।

आधिकारिक तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार र कुवेतमा पक्राउ परेका भिखारीमध्ये ९० प्रतिशत पाकिस्तानी नागरिक रहेका छन् । अधिकारीहरूका अनुसार साउदी अरबमा करिब २० लाख पाकिस्तानीहरू बस्छन् र त्यहाँ हरेक वर्ष ४ लाख मानिस आउने गर्छन्।

साउदी अधिकारीहरूले पाकिस्तानलाई आफ्नो देशमा ‘भिखारी र बिरामी मानिसहरू’ नपठाउन पनि आग्रह गरेका थिए। यस वर्ष सेप्टेम्बरको अन्त्यमा साउदी अरेबियाले पाकिस्तानलाई भिखारीहरूबारे चेतावनी दिएको थियो। साउदीले पाकिस्तानले भिखारीहरूमाथि आफ्नो पकड कडा बनाउनुपर्ने र त्यसो नगरे प्रतिबन्ध लगाउन सकिने बताएको थियो।

साउदीले पाकिस्तानी सरकारलाई धार्मिक तीर्थयात्राको बहानामा भिखारीहरूलाई साउदी अरब प्रवेश गर्नबाट रोक्नको लागि उपायहरू खोज्न पनि अपील गरेको थियो। साउदी अरेबियाको गुनासोलाई ध्यानमा राख्दै पाकिस्तानले भिखारीहरूमाथि कारबाही गर्ने जिम्मेवारी आफ्नो राष्ट्रिय अनुसन्धान एजेन्सीलाई दिएको थियो। एजेन्सीले साउदीमा भिख माग्न जानेलाई पनि कारबाही गरेको छ ।

अगस्टमा साउदी जाने विमानमा ११ जना भिखारी रहेको खबर आएको थियो, जसलाई साउदी जानबाट रोकिएको थियो । उडानबाट हटाइएका यी व्यक्तिले पनि सोधपुछका क्रममा आफ्नो उद्देश्य साउदीमा गएर भिख माग्ने रहेको स्वीकार गरेका छन् ।

युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग गर्नुअघि चेतावनी दिने रुसी राष्ट्रपति पुटिनको घोषणा

0

काठमाडौं । रुस र युक्रेनबीचको तनाव फेरि बढेको छ । बिहीबार रुसले युक्रेनमा आइसीबीएम मिसाइलले आक्रमण गरेको युक्रेनले बताएको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध हाइपरसोनिक हतियार प्रयोग गरेमा नागरिकहरूलाई चेतावनी दिने बताएका छन् । पुटिनले भनेका छन्, ‘हाम्रो विरुद्ध हतियार प्रयोग गर्नेहरूको सैन्य उद्देश्यविरुद्ध हतियार प्रयोग गर्ने अधिकार हामीलाई छ ।’

पुटिनले भने – ‘तनाव बढेको अवस्थामा हामी जवाफ दिनेछौं।’ यस क्रममा आइसीबीएम मिसाइलको प्रयोगका सम्बन्धमा उनले रुसले पश्चिमी आक्रमणको जवाफमा मिसाइल परीक्षण गरेको बताए ।

पुटिनले रुसले नयाँ मध्यम दुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताए । उनले रुसमाथि पश्चिमी हतियारको आक्रमणले विशेष अपरेशनको नतिजा परिवर्तन नहुने स्पष्ट पारे।

यसअघि रुसले नोभेम्बर २१ मा बिहान ५ र ७ बजेको बीचमा युक्रेनी सहर डिनिप्रोमा आईसीबीएम मिसाइलले आक्रमण गरेको थियो । यस युद्धमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलबाट हमला गरिएको थियो। यसका लागि रुसले आरएस-२६ रुबेज मिसाइल प्रयोग गरेको हुनसक्ने सम्भावना छ ।

युक्रेनी वायुसेनाले यो आक्रमणको पुष्टि गरेको छ। यस मिसाइल बाहेक किञ्जल हाइपरसोनिक र केएच–१०१ क्रुज मिसाइलबाट पनि हमला गरिएको थियो । युक्रेनी वायुसेनाले आफ्नो महत्वपूर्ण संस्था, भवन र संरचनामा क्षति पुगेको पुष्टि गरेको छ ।

यस हमलामा गैर आणविक हतियार प्रयोग गरिएको छ । रुसले आफ्नो लामो दूरीको बमवर्षक टीयु-९५ एमएस क्रुज मिसाइल प्रयोग गरेको छ। यी बमवर्षकहरू भोल्गोग्राद क्षेत्रबाट उडेका थिए। ताम्बोभ क्षेत्रबाट उडेको मिग ३१ के लडाकु विमानबाट किञ्जल हाइपरसोनिक मिसाइल प्रहार गरिएको थियो ।

यसैबीच रुसले आफ्नो वायु रक्षा प्रणालीले बेलायतका दुईवटा स्टर्म स्याडो मिसाइल खसालेको दाबी गरेको छ । यी मिसाइल युक्रेनले रुसतर्फ प्रहार गरेको थियो । युक्रेनले पहिलो पटक रुसविरुद्ध यो मिसाइल प्रयोग गरेको हो ।

पाकिस्तानमा दुई समुदायबीच हिंसा भड्किँदा ३७ जनाको मृत्यु

0

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वामा गत २४ घण्टामा जनजातीय साम्प्रदायिक हिंसामा ३७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

शान्ति स्थापनाका लागि स्थानीय र जनजाति अगुवाहरूसँगको वार्ता सफलतापूर्वक अघि बढिरहेको सरकारी अधिकारीहरूले बताएका छन् । उत्तर-पश्चिम पाकिस्तानको अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्लाको अलिजाई र बागान जनजातिहरूबीच बिहीबार पाराचिनार नजिक यात्रु भ्यानहरूको काफिलेमा हमला भएपछि झडप सुरु भयो।

मुख्यमन्त्री अली अमिन गण्डापुरले यस क्षेत्रको स्थायित्वका लागि वार्ता र छलफलबाट सबै समस्या समाधान गर्न स्पष्ट निर्देशन दिएको सरकारी प्रवक्ताले जानकारी दिए । जनजातिले भारी र स्वचालित हतियारका साथ एक अर्कालाई निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ । झडपमा घर र पसलमा क्षति पुगेको छ भने विभिन्न गाउँका मानिसहरु सुरक्षित स्थानमा सरेका छन् ।

निजी शिक्षा सञ्जालका अध्यक्ष मुहम्मद हयात हसनले शनिबार जिल्लाका सबै शैक्षिक संस्था बन्द रहेको पुष्टि गरे । यस हिंसाका भिडियोहरू सार्वजनिक भएका छन्, जसमा मानिसको शव देखिन्छ। प्रहरीले छ जना महिलालाई बन्धक बनाएको खबर आए पनि सिमित सम्पर्कका कारण थप जानकारी लिनका लागि सञ्चार उपलब्ध नभएको बताएको छ ।

बालिशखेल, खार काली, कुञ्ज अलिजाई र मकबलमा दिनभर गोली चलेको प्रहरीले जनाएको छ । जिल्लाका कम्तिमा तीन ठाउँमा बारम्बार गोलीबारी भइरहेको छ भने कोहट जिल्ला जाने थल–सडा–पराचिनार राजमार्ग बन्द गरिएको छ । अधिकारीहरूले क्षेत्रमा शान्ति पुनर्स्थापना गर्न संघर्ष गरिरहेका छन्, जबकि दुवै आदिवासी समुदायका बुढाहरूले थप आक्रमणहरू हुने सङ्केत गरेका छन्।

यसैबीच, प्रान्तीय सरकारले खैबर पख्तुनख्वाका कानून मन्त्री, मुख्य सचिव र प्रहरी महानिरीक्षक सहित एक उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल बोकेको हेलिकप्टरमा कुर्रम आदिवासी जिल्लातर्फ जाँदै गरेको हेलिकप्टरमा गोली चलेको खबरलाई अस्वीकार गर्‍यो। खैबर पख्तुनख्वा सरकारका प्रवक्ता ब्यारिस्टर डा सैफले पाराचिनार क्षेत्रमा हेलिकप्टरमा गोली चलेको खबरलाई “निराधार” भनी खारेज गरे र प्रतिनिधिमण्डल पूर्ण रूपमा सुरक्षित रहेको पुष्टि गरे।

तल्लो कुर्रममा बिहीबार भएको आतंकवादी हमलामा ५० जनाको ज्यान गएको थियो भने आतंककारीहरूले यात्रुवाहक गाडीको काफिलेलाई निशाना बनाएका थिए र गाडीहरू बाहिर निस्कने बित्तिकै उनीहरूले अन्धाधुन्ध गोलीबारी गरेका थिए। । यस आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् । यो आतंकवादी घटनापछि मात्र तल्लो कुर्रममा अशान्ति फैलिएको छ । Pls improvise this news

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

0

काठमाडौँ: सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरेको छ। मन्त्रालयमा आयोजित ‘बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजरीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समिति’ को बैठकमा उपत्यकाको फोहर व्यवस्थापनका चुनौती समाधानका लागि विभिन्न निर्णयहरू गरियो।

बैठकमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबै पक्ष मिलेर समाधानमा जुट्नुपर्ने धारणा व्यक्त गरे।

मुख्य बुँदाहरू:

  1. समितिको गठन:
    • विसं २०७८ फागुन २६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार समिति गठन भएको हो।
    • समितिले उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्याहरूको समाधानका लागि पहल गर्नेछ।
  2. मन्त्रालयको प्रतिबद्धता:
    • मापदण्डको पालना, फोहरको वर्गीकरण, र पुनःप्रयोगलाई प्राथमिकता दिने।
    • ल्याण्डफिल साइटका स्थानीयले उठाएका माग सम्बोधन गर्न आवश्यक छलफल गर्ने।
  3. बैठकका निर्णयहरू:
    • वैकल्पिक बाटो निर्माण गरेर फोहर ओसारपसारलाई सहज बनाउने।
    • ल्याण्डफिल साइटको जग्गा अधिग्रहणमा स्पष्टता ल्याउने।
    • उपत्यकामा कुहिने फोहर विसर्जन गरी मल उत्पादनको प्रबन्ध गर्ने।
  4. बैठकमा सहभागीहरू:
    • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भरतमणि सुवेदी, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनसहित विभिन्न नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकारीहरू उपस्थित थिए।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनको नेतृत्व गर्ने बताउँदै स्थानीयका जायज मागहरू समाधान गर्न सुझाव प्राप्त भएको जानकारी दिए।

फोहर व्यवस्थापनका चुनौतीलाई समाधान गर्न तीनै तहका सरकारले सहकार्य गर्ने उपप्रधानमन्त्री सिंहको धारणा बैठकको मुख्य निष्कर्ष बनेको छ।

मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

0

काठमाडौँ: मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।
शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो ।

जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो ।

उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का कार्यकारी निर्देशक मासासी ओकादा तथा नेपालबाट नेता थापाका साथै सांसद डा सुनिल शर्मा, व्यवसायी जीवन खड्का एवं जापानस्थित नेपाली राजदूतावासका प्रतिनिधि उपस्थिति रहेको सो दूतावासले जनाएको छ ।

भगिनी सम्बन्ध कायम गरिएको सो टाउन तानेसीगामा नगरमा पर्दछ । एरोस्पेस टाउनका रुपमा परिचित सो नगर जाक्साले अन्तरिक्षमा रकेट पठाउने ठाउँ हो ।

सो कार्यक्रममा नेपाली कांग्रेसका सांसद डा शर्माले दुई पालिकाबीचको सम्बन्ध उदाहरणीय र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाना र आधारभूत शिक्षाका लागि सङ्घर्ष गरिरहेको नेपालको एक गाउँ र अन्तरिक्षमा रकेट पठाई मानवबस्ती बसाल्ने परिकल्पना गरिरहेको अर्काे सहरबीचको यो सम्बन्ध अत्यन्तै उदाहरणीय र सुमधुर बन्नेछ ।”

नेपाल र जापानबीचको सम्बन्ध सरकारका बीचको मात्र नभएर जनता जनताबीचमा पनि उत्तिकै पुरानो र सुमधुर रहेको डा शर्माले बताउनुभयो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईले दुई पालिकाबीच कायम भएको भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी मिनामितानेका टाउनका प्रमुख हिरोयासु कोजोनोले नेपालबाट जापानसम्म आई दुई पालिकाबीच सम्बन्ध जोड्ने अवसर प्रदान गरेकामा धेरै खुसी लागेको बताउनुभयो ।