Saturday, May 2, 2026
Home Blog Page 1280

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

0

लण्डन । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सापकोटाका अनुसार  यो साता  जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन ।  विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच,  कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने  २ लाख ७१ हजार ८ सय १५ जना  कोरोनाबाट मुक्त भएकाछन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले बताए ।

साभार्: रातोपाटी

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

0

सुनको भाउ आज आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

0

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

काभ्रेपलाञ्चोकमा भिरबाट लडेर एक जनाको मृत्यु

0

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए ।

शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

नक्कली पैसा छाप्ने मेसिनसहित एक पक्राउ

0

सिन्धुपाल्चोक । इलाका प्रहरी कार्यालय मेलम्चीले नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको प्रहरीले जनाएको छ ।

नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उहाँलाई आज मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

0

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो : पूर्वमन्त्री आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उहाँले सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले नै १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको बताउनुभयो ।

उहाँले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनु पर्ने उल्लेख गर्दै देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओलीको मात्र दोष नभएर माधव नेपाल र प्रचण्ड पनि दोषी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विगतमा जस्तै कांग्रेसले देशलाई निकास दिने बेला आएको बताउँदै शान्ति प्रक्रियामा कोइरालाले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

 

टिपरको ठक्करबाट एकको मृत्यु

0

टिपरको ठक्करबाट शनिबार साँझ दमकमा थप एक जनाको ज्यान गएको छ ।पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते हुनुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा टिपर चालक दमक–४ बस्ने ४९ वर्षीय प्रकाश तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

0

७ चैत, देउखुरी । घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् ।

रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने माग दाबी गरेका छन् । सगरमाथा सिमेन्ट उद्योगले दैनिक दुई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

अदालतको कारण देखाउ आदेश

उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । अदालतका मुख्य न्यायाधिश नीता गौतम दीक्षितको एकल इजलासले सिमेन्ट उद्योग, सञ्चालक समितिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, उपमहानगरपालिका र नगरप्रमुखका नाममा १५ दिनको कारण देखाउ आदेश जारी गरेको छ ।

त्यसैगरी निवेदकले अन्तरिम आदेशसमेत माग गरेकाले विपक्षीलाई यही चैत ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको उच्च अदालतले जनाएको छ ।

उपस्थित हुँदा २०७२ भदौ ३२ गते सिमेन्ट उद्योग र स्थानीयबीच भएको सहमतिअनुसार काम भएको भए सोको प्रतिवेदन, दैनिकरुपमा निस्कने धुलो, धुवाँ, ध्वनि प्रदूषण नियन्त्रण तथा रोकथामका लागि भएका काम कारवाहीको विवरण, त्यसैगरी वातावरण संरक्षणका लागि जिल्लामा वातावरणीय समिति गठन भएका छन् वा छैनन्, वातावरण संरक्षणका लागि हालसम्म भएका काम कारवाही र प्रदूषण राकथाम तथा नियन्त्रणका लागि वातावरण निरीक्षक नियुक्त गरिएको छ या छैन सोको सक्कल विवरणसहित छलफलमा उपस्थित हुन आदेशमा भनिएको छ ।

आजको अन्लाईन खबरमा प्रकाशित

गोपीचन्द्र र सन्तोषी च्याम्पियन

0

७ चैत, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेताद्वय गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०के रोड रेसको उपाधि जितेका छन् ।

दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा गोपी पुरुषतर्फ र सन्तोषी महिलातर्फ च्याम्पियन बनेका हुन् । पहिलो संस्करणको समेत उपाधि जितेका यी दुई खेलाडी लगातार दोस्रो वर्ष पनि उपाधि जित्न सफल भए ।

टोकियो ओलम्पिकमा लागि तयारी गरिरहेका गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४५ सेकेण्डमा पूरा गरे । गत वर्ष भएको १३औं सागमा ५ हजार मिटर स्वर्ण जितेका एपीएफ क्लबका गोपीले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेण्डको टाइमिङमा सुधार गरेका हुन् ।

यस्तै १३औं सागमा १० हजारमा स्वर्ण जितेकी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३.४४ सेकेण्डमा पूरा गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेण्डमा पूरा गरेकी थिइन् ।

च्याम्पियन गोपी र सन्तोषीले दुवैले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै टाइमिङमा सुधार गरेका दुवैले थप १० हजार प्राप्त गरे ।

यस वर्ष सन्तोषीको यो तेस्रो र गोपीको दोस्रो उपाधि हो । सन्तोषीले धरानमा पनि १० के कै उपाधि जितेकी थिइन् भने अघिल्लो साता राजधानीमा गोल्डेन एथ्लेटिक्स मिटमा ३ हजार मिटरमा स्वर्ण जितेकी थिइन् । यस्तै गोपीले मंसिरमा नेपालगन्जमा भएको नेपालगन्ज म्याराथन जित्दै टोकियो ओलम्पिकमा स्थान पक्का गरेका थिए ।

पुरुषतर्फ अनिश थापा मगर ३१ मिनेट ५०.४९ सेकेण्डको टाइमिङसहित दोस्रो भए । ३१ मिनेट ५६.३८ सेकेण्डको समय निकालदै तीर्थ पुन तेस्रो भए । यस्तै गजेन्द्र थापा चौथो र नरेन्द्र रावत पाँचौं भए ।

महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पाछि ३९ मिनेट ३० सेकेण्डको समय निकाल्दै दोस्रो र एपीएफकी फूलमति राना ४० मिनेट ५६ सेकेण्डको समयसहित तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमाल पाँचौं भइन् ।

महिला र पुरुष दुवैतर्फ दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोट्र्स कमिटीले आयोजना गरेको दौड शेर्पा मल दरबारमार्गबाट शुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, नारायणहिटी संग्राहलय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, प्रहरी हेडक्वार्टर, गौरीधारा, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मलमा आएर टुंगिएको थियो ।

आजको अन्लाईन खबरमा प्रकाशित

नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय

0

७ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । यो समूहमा आबद्ध सांसदहरु संसदीय दलको बैठकमा पनि गएनन् ।

३८ सांसदको तर्फबाट ज्ञापनपत्र बुझाउन पुगेका तीन सांसदलाई दलका नेता केपी शर्मा ओलीले व्यक्तिगत धारणा सुन्ने तर गुटको प्रस्ताव स्वीकार नगर्ने बताएका थिए ।

संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता ओलीले आफ्नो निर्देशन विपरित भेला गरेको भन्दै अगुवाहरुलाई स्पष्टीकरण सोधिने बताए । ‘आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ’ उनले भने ।

प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरेर गुटगत भेला गरेको र झुटा लान्छनाहरु लगाएर पार्टी सरकारलाई बद्नाम गर्न खोजेको भन्दै उनले आक्रोश पोखेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि आफूले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको तर उनले रियलाइजेसन नगरेको भन्दै उनले भने, ‘गुटगत गतिविधि गरेर हामीलाई बदनाम गराउन खोजिँदैछ । अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ ।’

आजको अन्लाईन खबरमा प्रकाशित