Sunday, May 3, 2026
Home Blog Page 1249

लुम्बिनी प्रदेशमा ४ जना संक्रमितको मृत्यु

0

गएराति करिब ५ घन्टाको  अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट  ४  जनाको ज्यान गएको  छ  ।

साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको  मायादेवी  गाउँपालिका ५ की ६५  वर्षीया महिलाको  कोरोना  संक्रमणबाट ज्यान गएको  जिल्ला  प्रहरी  कार्यालय रुपन्देहीका  प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी  दिए ।

त्यस्तै, नेपालगन्जको  भेरी  कोरोना  विशेष अस्पतालमा  साँझ  ७  बजे  बर्दियाको राजपुर गाउँपालिका–१ का ७३  वर्षीय पुरुष, ७ : ४० बजे  बाँके जिल्लाको  बैजनाथ  गाउँपालिका–८ की ७८ वर्षीया महिला  र  दैलेखको नारायण गाउँपालिका –१ की ६८  वर्षीया महिलाको  ९  बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना  विशेष अस्पतालले जनाएको छ  ।

हाल सम्म  भेरी अस्पतालमा  ९६ जना संक्रमितमध्ये ६०  जनाको  ज्यान  गएको जनाइएको  छ  ।

पेट्रोलियम पदार्थको मूल्यमा पुन: वृद्धि

0

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल र मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

सर्वदलीय बैठकमा मुख्य तीन एजेण्डामा छलफल, एमसीसीको कुरा जोडतोडले उठ्यो

0

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए ।

साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका थिए । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए ।

यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए ।

यसैगरी बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए । ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् , आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने ।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए । यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

रातोपातीबाट साभार

वैशाख ७ गतेबाट कोरोनाको दोस्रो डोज खोप

0

कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप  लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ ।

यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए। दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाइने छ ।

उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।

बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उनले भने, “लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।”

रातोपातीबाट साभार

कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)

0

बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र  टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय  बाँकेका  प्रवक्ता डिएसपी सुरज  खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ ।
अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ बर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० बर्षीय जिवनकुमार बिक र झापा जिल्लाको मेचिनगरपालिका वडा नं. १० का ४५ का छत्रबहादुर कटुवालको  राती नै सनाखत  भएको  थियो  ।

मृतकमध्ये  कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक   हुन्  । मृतक अन्य तीनजना बसमा सवार यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण  अस्पतालमा  मृत्यु  भएको  हो  । ३८ जना  घाइते  मध्ये  २ जना  सेना २ जना सशस्त्र प्रहरीको  अस्पतालमा  पठाइएको  र  २४ जनाको  नेपालगन्जमा नै उपचार  भैरहेको  डिएसपी खत्रीले बताए ।

रातोपातीबाट साभार

भक्तपुरका ११ पोखरीको पुनःनिर्माणपछि पानी भरियो

0

मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ ।

घाँसे मैदानमा परिणत भएका पोखरीको पुनःनिर्माण, पुरिएर हराएका पोखरीको उत्खनन गरी पुनःनिर्माण र जीर्ण बनेका पोखरीको संरक्षण गरी पानी भरेर यहाँका ११ वटा ऐतिहासिक पोखरी एवं २५ वटा ढुङ्गेधारालाई पुर्नजीवन दिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकामा यसअघि हराइसकेका पोखरीको समेत खोजी गरी उत्खनन गर्दै बिस्केट जात्राका लागि आवश्यक पर्ने पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी पानी भरेको हो ।

नगरपालिकाले घाँसे मैदानमा परिणत वडा नं ४ को ठूलो र सानो गरी दुई वटा ऐतिहासिक निगु पुखुःअर्थात् दुई पोखरी, पुरिएको दलदल बनेको विष्णु कुण्डलको पुनःनिर्माण, पुरिएर हराएको कयकुतापुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको पार्किङ हटाएर उत्खनन गरी पुनःनिर्माण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

त्यसैगरी बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाःपुखुःअर्थात कमलपोखरीको जीर्णोद्धार, वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी बिस्काःजात्रालाई पानी भरिएर पुर्नजीवन दिएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले हराएका, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गे धाराको संरक्षण, इनारको संरक्षण गरेको छ भने ।

नगरपालिकाले पोखरीको धमाधम उत्खनन्, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको स्थानीयवासी एवं नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी केशव सिलवालले बताए।

नगरपालिकाले बिस्केट जात्रामा यहाँका केही मन्दिरलाई जन्जिर अर्था बारमुक्त गरेको छ । चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकोमा यो बिस्केट जात्राका लागि मन्दिरको जीर्णोद्धार गरी त्यस्ता बार हटाइएको छ ।

स्थानीय बासिन्दा, दाता र नगरपालिकाको सहयोगमा बालकुमारी मन्दिरको जीर्णोद्धार एवं सुनको जलपसहितको छाना राख्ने काम भएको छ ।

थिमिको बालकुमारी, कुमारी, लोकेश्वरलगायतका मन्दिरको वरिपरि राखिएको बार हटाएको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भने, “मन्दिरको पुनःनिर्माणसँगै चोरको भयले यहाँका ऐतिहासिक मन्दिरलाई वरिपरि फलामको बार लगाएर कुरुप बनाइएको थियो, अहिले त्यस्ता बार हटाएर मन्दिरलाई जेल मुक्तबनाएका छौँ, सुन्दर र आकर्षक बनाएका छौँ ।”

यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा संरक्षणका लागि नगरपालिकाले रु ५० लाख रकम विभिन्न धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतलाई वितरण गरेको छ । नगरपालिकाले थिमिको पाँच वटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको जिब्रो छेड्ने जात्रा सञ्चालनमा ठाउँ साँघुरो हुँदा भएको समस्या समाधान गर्न जग्गासमेत खरिद गरेको छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार बोडेको पाँचो गणेशको जिब्रो छेड्ने पाटी पछाडिको जग्गा स्थानीय जग्गाधनीसँग छलफल गरी चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा आठ आना रु ६४ लाख मुआब्जा दिएर नगरपालिकाले लिएको छ । आगामी वर्षको जात्रा अगाडि यहाँँको पाटीलाई पछाडि सारेर जिब्रो छेड्ने जात्राको ठाउँलाई फराकिलो पारिने भएको छ ।

त्यसैगरी नगरपालिकाले नगदेश लायकुसँगैको घर रु ४० लाख मुआब्जा दिएर खरिद गरेको छ । चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा जग्गाधनीसँग खरिद गरिएको यो जग्गासहित लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले थिमिशङ्खधर चोकमा रहेको मापदण्डभित्र परेको पुरानो घरलाई रु २५ लाख क्षतिपूर्ति दिएर भत्काएको छ । सो ठाउँमा नगरपालिकाले परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम शुरु गरेको छ ।

रातोपातीबाट साभार

अयोध्याधाममा मूर्ति स्थापनाको तयारी

0

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो वैशाख ७ गते काठमाडौँबाट ¥यालीसहित ल्याइने र वैशाख ८ गते  कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो । मूर्ति स्थापना गर्न माडीका राजनीतिक दलको सर्वदलीय सहमति र सामाजिक सङ्घ संस्थाको समन्वयमा तयारीका काम अगाडि बढिरहेका छन् ।

कार्यक्रममा विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्न तयारी भइरहेको अयोध्याधाम व्यवस्थापन समिति प्रचारप्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न  शुक्रबार माडी नगर कार्यपालिका र अयोध्याधाम व्यवस्थापन समिति सचिवालयको संयुक्त बैठक गरिएको छ । बैठकले माडी र ¥यालीको बाटोमा पर्ने भरतपुर महानगरकाका वडामा स्वागतद्वार राख्न अनुरोध गर्ने निर्णय भएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए । कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरी सक्रियरुपमा काम अगाडि बढिरहेको उनले बताए ।

अयोध्याधाममा सरसफाइ, निर्माण र सहयोगको काम अगाडि बढिरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिए । अयोध्याधाम निर्माणको लागि आर्थिक तथा जिन्सी सहयोग आइरहेका छन् । निर्माण कार्य तीव्ररुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेको पनि चहलपहल बढेको छ ।

रातोपातीबाट साभार

तराईमा बासन्ती छठ पर्वको रौनक, आज खरना

0

महोत्तरी । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् ।

चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि शुक्रबार नै व्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन आइतबार  सूर्य उपाशनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन अर्थात् सोमबार बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाइ मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिलाक्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्र्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य (क्याम्पस प्रमुख) तोपबहादुर ठकुरीको भनाइ छ ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन । यद्यपि पछिल्ला केही दशकयता बासन्ती छठको रमझम पनि बढ्दै गएको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउँछन् ।

सूर्य उपासनाको यो पर्वले हर मनोकाङ्क्षा पूरा गर्ने विश्वास गरिन्छ । खासमा सूर्यको उपासनाले चर्मरोग नहुने र भएमा चाँडै निको हुने मैथिल जनविश्वास रहेको छ । बासन्ती छठ बासन्ती नवरात्रभित्रै पर्ने भएको हुँदा देवी र सूर्य उपासनाको पर्व सँगसँगै पर्ने गरेको छ ।

रातोपातीबाट साभार

काठमाडौं महानगरपालिकाले भन्यो – कोरोना संक्रमण देखिए मात्र विद्यालय बन्‍द गर्नू

0

काठमाडौं : कुनै विद्यालयका शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले संक्रमण देखिए एक हप्तासम्म विद्यालय बन्द गर्न सकिने जनाएको छ। यस्तो अवस्थामा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु पनि महानगरपालिकाले  अनुरोध गरेको छ।

कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ।

‘कोरोना भाइरस संक्रमण नभएको अवस्थामा विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरुको समेतको सहमतिमा विद्यालय संचालनगर्नु गराउनु हुन अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि कतिपय स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् ।

अन्नपूर्णबाट साभार

बागलुङमा हार्डवयर पसलमा आगलागी

0

बागलुङ : बागलुङ बजारको श्रेष्ठ हार्डवयरमा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीबाट हार्डवयरका सामग्री जलेर नष्ट भएका छन् । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण नजिक छ । यद्यपि आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारण समेत खुल्न सकेको छैन ।

पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा ३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

अन्नपूर्णबाट साभार