Monday, May 4, 2026
Home Blog Page 1248

मलेसियाविरुद्ध नेपालको सानदार जित

0

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गले गति लिँदै

0

निजगढ (बारा) । ‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

‘फास्ट–ट्र्याक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम रोक्न सरकारलाई निर्देशन भएको छ । सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा गति लिएको जनाएको हो ।
त्यस्तै सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले शुक्रबार ‘फास्ट–ट्र्याक’को स्थलगत अवलोकन गरी निर्माण कार्यमा ढिलासुस्ती नगर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो ।

“काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यमा अवरोध होइन, चुस्त र पारदर्शी बनाउनुपर्छ भन्नेमा हाम्रो एकमत छ,”

विकास तथा प्रविधि समितिका सभापति कल्याणकुमारी खड्काले भन्नुभयो । अहिलेसम्म भए गरेको कामको स्थलगत अवलोकन गर्दा सन्तोषजनक नै छ, काममा ढिलासु स्ती गर्दा फा स्ट–ट्र्याक बन्नेमा शङ्का तथा लागत खर्च बढ्छ, उहाँले भन्नुभयो, “फा स्ट–ट्र्याक समयमा नै बन्नुपर्छ । यसका लागि हामीले सहजीकरण गर्न जरुरी छ । ”

तराई–मधेसलाई काठमाडौँ तथा पहाडलाई तराईसँग जोड्ने छोटो (७२.५ किलोमिटर) दूरीको राजमार्ग ‘फा स्ट–ट्र्याक’बाट एक घण्टामा काठमाडौँ–तराई आवतजावत गर्न सकिने छ । फा स्ट–ट्र्याक निर्माण कार्यलाई सहज र सरल बनाउन समितिहरूबीच छलफल गरिने उहाँले बताउनुभयो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले फा स्ट–ट्र्याक निर्माणको मुख्य काम तीनवटा सुरुङमार्ग र ८७ वटा पुल बनाउनुपर्ने भएकाले आवश्यक प्रक्रियामा विलम्ब नगर्न आग्रह गर्नुभयो । आर्थिक पारदर्शिता र मापदण्डमाथि शङ्का गर्नु स्वाभाविकै हो भन्दै उहाँले भन्नुभयो, “निर्माण कार्यमा अवरोध र रोक्नेजस्ता कामले मुलुकलाई नै क्षति पुग्छ । ”
सो आयोजना निर्माण कार्य सम्पन्न गर्न करिब एक खर्ब ७५ अर्ब १९ करोड रुपियाँ बजेट छुट्याइएको छ । सेनाले ललितपुरको खोकनादेखि बारा निजगढसम्म ४४ किलोमिटर सडक फराकिलो पार्ने काम सम्पन्न गरिसकेको छ । सडक निर्माणको मुख्य काम तीनवटा सुरुङमार्ग र ८७ वटा पुलका लागि आइतबार बोलपत्र खुल्दैछ । तीनवटा सुरुङमार्गको लम्बाइ ६.४ किलोमिटर र ८७ वटा पुलको लम्बाइ १०.५ किलोमिटर छ ।

पुल र सुरुङमार्ग निर्माण सहजीकरणका लागि सडक पूर्वाधार र संरचना सेनाले निर्माण गरिसकेको छ । विकास तथा प्रविधि समितिबाट गठित द्रुतमार्ग अध्ययन उपसमितिका संयोजक गणेशकुमार पहाडीले निर्माण कार्यमा अब ढिलासुस्ती गर्नु हुँदैन निरन्तर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

फास्ट–ट्र्याकलाई ११ प्याकेजमा विभाजन गरी बोलपत्र प्रक्रिया सुरु गरेको छ । सुरुङ र सुरुङसँगै जोडिने पुल गरी दुईवटा प्याकेजको यो हप्ताभित्रमा नै ठेक्का सम्झौता खुल्दैछ । उहाँले भन्नुभयो, “अग्ला पुल र सुरुङ निर्माण हाम्रोलागि नयाँ अनुभव भएकाले समयमा नै सम्पन्न गर्ने गरी कामको सुरुवात गर्दा राम्रो हुन्छ । ”

सांसद एवं उद्योगपति विनोद चौधरीले फास्ट–ट्र्याक निर्माणमा सेनाको कामबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । अन्य सडक निर्माण भइसकेको छ, अब पुल र सुरुङ निर्माणको काम बाँकी छ, उहाँले भन्न्नुभयो, “यसलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर तीव्रगतिमा जाने हो भने समयमा नै सकिन्छ । ”

सांसद अनिलकुमार झाले भन्नुभयो, “केही बाधा व्यवधान छन् भने काम रोकेर होइन, जारी राखेर छलफलबाट समाधान गर्न सकिन्छ । ” फास्ट–ट्र्याक अवलोकनमा संलग्न १२ जना सांसदले आर्थिक पारदर्शितासँगै छिटोछरितो र गुण स्तर मापदण्डमा जोड दिनुभएको छ । करिब चार वर्षको अवधिमा दक्षिण एसियाली मापदण्डअनुसार फास्ट–ट्र्याक निर्माण गरी सरकारलाई ह स्तान्तरण गर्ने योजना रहेको सेनाले जनाएको छ ।

फास्ट–ट्र्याक परियोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले टनेल र पुल निर्माणबाहेक अन्य काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो । पुल निर्माण र सुरुङ खन्नका लागि पहुँच सडक निर्माणसँगै बेलिब्रिज, उपकरण भण्डार स्थलको व्यव स्था भइसकेको छ । सडक निर्माण तथा निर्माण सामग्रीको परीक्षणका लागि विभिन्न स्थानमा ल्याब स्थापना गरिएका छन् । पुल र सुरुङ मार्गबाहेकका स्थानहरूमा चार लेनको नमुना सडक निर्माण भइसकेको छ । ती सडक फास्ट–ट्र्याक निर्माणमा प्रयाेग हुने सवारीबाहेक अन्य सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ ।

यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

0

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । उनको सम्पत्ति सन् २०१९ मा भन्दा सन् २०२० मा ६४ अर्ब डलरले वृद्धि भएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा प्रविधि क्षेत्रको उपस्थिति यो पटक पनि निकै ससक्त छन् । फोर्ब्सको सूचीमा परेका प्रविधि क्षेत्रका विश्वका शीर्ष ५० जना अर्बपतिहरुको सूची यस्तो छ :

१. जेफ बेजोस : फोर्ब्सको सूचीअनुसार अमेजन सीईओ जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर रहेको छ ।

२. एलन मस्क :  टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क विश्वका अर्बपतिहरुको सूचीमा दोश्रो नम्बरमा छन् । उनको कूल सम्पत्ति १ खर्ब ५१ अर्ब डलर रहेको छ ।

३. बिल गेट्स : विश्वका अर्बपतिहरुको सूचीमा चौथो स्थानमा छन् बिल गेट्स । माइक्रोसफ्ट कम्पनीका सह-सस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २४ अर्ब डलर रहेको छ ।

४. मार्क जुकरबर्ग : फेसबुक सस्थापक तथा सीईओ मार्क जुकरबर्गको कूल सम्पत्ति ९७ अर्ब डलर छ । उनी विश्वका अर्बपतिहरुको सूचीमा ५औँ स्थानमा छन् ।

५. वारेन बफेट : बर्कशाएर हाथावेका सीईओ तथा अध्यक्ष वारेन बफेट कूल ९६ अर्ब डलर सम्पत्ति सहित छैटौँ स्थानमा रहेका छन् ।

६. ल्यारी एलिसन : ओरेकल कम्पनीका सीईओ ल्यारी एलिसन विश्वका अर्बपतिहरुको सूचीमा सातौँ स्थानमा छन् । उनको कूल सम्पत्ति साढे ९१ अर्ब डलर रहेको छ ।

७. ल्यारी पेज : गुगलका सह-सस्थापक ल्यारी पेजको कूल सम्पत्ति पनि साढे ९१ अर्ब डलर छ ।

८. सेर्गेइ ब्रिन :  गुगलका अर्का सस्थापक सेर्गेइ ब्रिन विश्वका अर्बपतिहरुको सूचीमा नवौँ स्थानमा छन् । उनको कूल सम्पत्ति ८९ अर्ब डलर रहेको छ ।

९. मुकेश अम्बानी : रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष भारतीय अर्बपति मुकेश अम्बानी विश्वका टपटेन अर्बपतिभित्र अटाएका छन् । उनको कूल सम्पत्ति साढे ८४ अर्ब डलर रहेकेा छ ।

१०. स्टिभ बाल्मर : माइक्रोसफ्ट कम्पनीका पूर्व सीईओ बाल्बर विश्वका अर्बपतिहरुको सूचीमा १४ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६८ अर्ब ७० करोड डलर छ ।

११. प्रविधि क्षेत्रका शीर्ष ५० अर्बपतिहरुमध्ये चिनियाँ कम्पनी टेनसेन्टका सस्थापक मा हुआटेंग विश्वका अर्बपतिहरुको सूचीमा १५ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६५ अर्ब ८० करोड डलर रहेको छ ।

१२. त्यस्तै विश्वका अर्बपतिहरुको सूचीमा २१ औँ नम्बरमा रहेका चिनियाँ कृषि प्रविधि कम्पनी पिन्डुओडुओका सीईओ कोलिन हुआंगको कूल सम्पत्ति ५५ अर्ब ३० करोड डलर छ ।

१३. अलिबाबाका संस्थापक ज्याक मा ४८ अर्ब ४० करोड डलर सम्पत्तिसहित समग्र अर्वपतिहरुको सूचीमा २६औँ स्थानमा छन् ।

१४. डेल टेक्नोलोजिजका सीईओ माइकल डेल कूल ४५ अर्ब १० करोड डलर सम्पत्ति सहित अर्बपतिहरुकेा सूचीमा ३०औँ स्थानमा छन् ।

१५. झांग यिमिंग : संस्थापक बाइटडान्स कम्पनी । कूल सम्पत्ति ३५ अर्ब ६० करोड डलर । ३९ औँ स्थानमा ।

१६. विलियम डिंग : नेटिज कम्पनीका सीईओ । कूल सम्पत्ति ३३ अर्ब डलर । ४५ औँ स्थानमा ।

१७. वांग जिंग  : Meituan Dianping कम्पनीका सीईओ । कूल सम्पत्ति २६ अर्ब १० करोड डलर । ६० औँ स्थान ।

१८. शिव नादर : सहसस्थापक एचसिएल कम्पनी । कूल सम्पत्ति साढे २३ अर्ब डलर । ७१ औँ स्थानमा ।

१९. झांग झिडोंग : सहसस्थापक टेन्सेन्ट कम्पनी। कूल सम्पत्ति २३ अर्ब ४० करोड । ७३ औँ स्थानमा ।

२०. लेइ जुन : सहसस्थापक तथा अध्यक्ष शाओमी कम्पनी । कूल सम्पत्ति २३ अर्ब डलर । ७५ औँ स्थानमा ।

२१. रिचार्ड लिउ : सीईओ जेडी डट कम । कूल सम्पत्ति २२ अर्ब ४० करोड डलर । ७७औँ स्थानमा ।

२२. पाइरे ओमिडाएर : इ बे कम्पनीका सस्थापक । कूल सम्पत्ति २१ अर्ब ४० करोड डलर । विश्वका अर्बपतिको सूचीमा ८३ औँ स्थानमा ।

२३. रोबर्ट पेरा : सीईओ, उबिक्विटी नेटवर्कस् कम्पनी । कूल सम्पत्ति १८ अर्ब ३० करोड । १ सयौँ स्थानमा ।

२४. डस्टिन मोस्कोभिच : सह सस्थापक फेसबुक । कूल सम्पत्ति १७ अर्ब ८० करोड डलर सहित १०७ औँ स्थानमा ।

२५. पाभेल डुरोभ : संस्थापक टेलिग्राम कम्पनी । कूल सम्पत्ति १७ अर्ब २० करोड डलर । ११२ औँ स्थानमा ।

शीर्ष ५० मा परेका अन्य प्रविधि अर्बपतिहरुमा लेन्स टेक्नोलोजी कम्पनीकी अध्यक्ष झोउ कुनफेइ (१५.४ अर्ब डलर), भिडियो कनफ्रेन्सिङ प्लाटर्फम जूमका संस्थापक इरिक युआन (१४.९ अर्ब डलर), चिनिया सोसल मिडिया प्लाटर्फम बाइदुका संस्थापक रोबिन ली (१४.७ अर्ब डलर) तथा फेसबुकका अर्का सह सस्थापक इडुआर्डो साभेरिन (१४.६ अर्ब डलर) रहेका छन् ।

त्यस्तै सफट्वेयर कम्पनी एटलासियनका सहसस्थापक माइक क्यानोन ब्रुक्स (१४.२ अर्ब) तथा अर्का सहसस्थापक स्कट फार्कुहार (१४ अर्ब), एयर बिएनबीका सह सस्थापक ब्रायन चेस्की (१३.७ अर्ब) तथा अनलाइन गेमिंग कम्पनी नेक्सनका सहसस्थापक किम जुंग जु (१३.३ अर्ब) पनि विश्वका शीर्ष ५० प्रविधि अर्बपतिभित्र अटाएका छन् ।

विश्वका शीर्ष ५० प्रविधि अर्बपतिको सूचिमा साढे १२ अर्ब डलर कूल सम्पत्ति सहित ट्वीटरका सिइओ ज्याक डोर्सी पनि परेका छन् । उनी फोर्ब्सको सूचीमा १७३ औँ स्थानमा छन् ।

टप ५० टेक बिलिनेयरको सूचीमा एयर बिएनबीका अर्का सहसस्थापक नाथन ब्लेचार्जिक (१२.४ अर्ब), अर्का सहसस्थापक जोए गेब्बिया (१२.४ अर्ब), इन्टेल कम्पनीका सहसस्थापक गोर्डोन मूरे (१२.१ अर्ब), स्न्यापच्याटका सहसस्थापक बब्बी मुर्फे (११.९ अर्ब), एनभिदिया कम्पनीका सहसस्थापक जेनसेन हुआंग (११.८ अर्ब) तथा अलिबाबाका अर्का सहसस्थापक जोफेस साइ (११.६ अर्ब) पनि परेका छन् ।

त्यस्तै स्न्यापच्याटका सिइओ इभान स्पाइजेल (११.१ अर्ब डलर), एसएपी कम्पनीका सस्थापक डाइटमार होप (१०.१ अर्ब), सायबर सेक्योरिटी कम्पनी जेस्कालरका सिइओ जय चौधरी (१० अर्ब), ह्वाट्सएपका सह सस्थापक जान कोउम (९.९ अर्ब), कोरियन मेसेजिंग एप काकाओका सस्थापक तथा अध्यक्ष किम बेओम सु (९.३ अर्ब), किंग्सटन टेक्नोलोजीका सस्थापक डेभिड सन (९.१ अर्ब), शाओमीका अध्यक्ष लिन बिन (८.७ अर्ब डलर), विप्रोका अध्यक्ष अजिम प्रेमजी (८.६ अर्ब डलर), एसएपी कम्पनीका सह सस्थापक हास्सो प्लाटनर (८.३ अर्ब डलर) तथा आरिस्टा नेटवर्कस्का सह सस्थापक एन्ड्रेस फोन बेचटोल्सहेइम (८.२ अर्ब) पनि विश्वको प्रविधि उद्योगका शीर्ष ५० अर्बपतिहरुको सूचिभित्र पर्न सफल भएका छन् ।

एजेन्सीको सहयोगमा

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

0

६ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठकअवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

यसैगरी बागमती प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा धेरैजना कोरोनाका नयाँ संक्रमितहरु थपिदै गएपछि सरकारलाई सतर्कताका उपाय अपनाउने तीव्र दबाव छ।

अनलाईनखबरबाट साभार

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

0

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।

पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो ।

भारतमा एकैदिन २ लाख ७१ हजारभन्दा बढी संक्रमित भेटिएः कूल संक्रमित डेढ करोड पार

0

भारतमा कोरोना संक्रमितको आँकडाले लगातार नयाँ रेकर्ड छोइरहेको छ । आइतबार भारतमा रेकर्ड स्तरको २ लाख ७१ हजार २०४ नयाँ संक्रमित भेटिएको छ । यस वर्ष पहिलो पटक १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।

अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् । यस्तै कूल मृतकको आँकडा पनि १ लाख ७८ हजार ७४३ पुगेको छ ।

वैशाखभित्रै रेल चलाउने तरखर

0

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले शुक्रबार र शनिबार धनुषा र महोत्तरीका सुरक्षा अधिकारी, राजनीतिकर्मी र स्थानीयसँगको भेटमा ‘वैशाखभित्रै रेल सञ्चालन’ हुने आश्वासन बाँडेका छन् । उनले रेल्वेका प्राविधिक टिमसहित ट्रलीमा चढेर रेल सञ्चालनको तयारी अनुगमनसमेत गरे । जनकपुर प्लेटफर्मबाट ट्रली चढेर मन्त्री नेम्वाङ सुरुमा इनर्वा रेल्वे स्टेसन पुगे । भारतसँग खरिद गरिएको दुई सेट रेल त्रिपाल ओढाएर इनर्वा स्टेसनमै राखिएको छ ।

मन्त्री नेम्वाङले रेलको इन्जिन र यात्रु कोच, रेल्वे स्टेसन, टिकट काउन्टर, लिकको अवस्था र सुरक्षा बन्दोबस्तबारे चासो राखेका थिए । उनलाई नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले रेलसम्बन्धी र धनुषा तथा महोत्तरीका सुरक्षा अधिकारीहरूले सुरक्षाबारे बिफ्रिङ गरे । ‘रेल छिटै सञ्चालनमा आउने मन्त्रीज्यूको भनाइ रह्यो,’ धनुषा प्रहरीका प्रमुख एसपी प्रकाश रानाभाटले कान्तिपुरसँग भने, ‘हामीले सुरक्षा प्रबन्धका बारेमा जानकारी गरायौं ।’

दुई वर्षअघि नै जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३५ किलोमिटर ब्रोडगेज रेल्वे लिक तयार भइसकेको छ । यस्तै, कुर्थादेखि करिब १८ किलोमिटर ब्रोडगेज लिक निर्माण पनि अन्तिम चरणमा छ । महोत्तरीको बिजलपुरादेखि बर्दिवाससम्मको लिक निर्माण भने मुआब्जा विवादले रोकिएको छ । मन्त्री नेम्वाङले शनिबार महोत्तरीका राजनीतिकर्मी र स्थानीय जग्गादातासित मुआब्जा विवादबारे पनि छलफल गरेका छन् ।

भारत सरकारले जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर ब्रोडगेज निर्माण गर्नेछ । उक्त खण्ड तयार भए जयनगरमा रहेका भारतका ठूलो रेल्वे जक्सनसँग नेपालको पूर्वपश्चिम राजमार्ग पनि जोडिनेछ । भारत सरकारले नेपालका लागि ब्रोडगेज लिक निर्माण गरे पनि रेल भने आफ्नै गुडाउन नेपालले गत साउनमा ८५ करोड रुपैयाँमा खरिद गरेको दुई सेट आधुनिक कोच कानुन, कर्मचारी र प्राविधिकको अभावमा थन्किएको छ । ‘लामो समयदेखि रेल सञ्चालन नहुँदा गलत सन्देश गएको छ । सबै प्रक्रिया टुंगाएर वैशाखभित्रै रेल सञ्चालनमा ल्याइनेछ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै एमाले धनुषाका नेता शम्भु साहले भने, ‘बढीमा २० दिनभित्रमा रेल चलिसक्छ । त्यहीअनुरूप तयारी भइरहेको छ ।’

हनुमन्तेडाँडा नयाँ पर्यटकीय गन्तव्य बन्दै

0

दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष–२०७८ मनाउनका लागि अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको हनुमन्तेडाँडा बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । नयाँ वर्ष–२०७८ मनाउन बुधबार मात्रै करिब पाँच हजार आन्तरिक पर्यटक हनुमन्तेडाँडा पुगेको वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए।

नयाँ वर्षको अवसरमा दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागाई र विशाल खड्काको उपस्थितिमा दोलखाको घुम्नैपर्ने पर्यटकीय क्षेत्रमध्ये एक रहेको भन्दै हनुमन्तेश्वर पर्यटन विकास क्षेत्रसमेत घोषण गरिएको छ। प्रदेशसभा सदस्यद्वय चौलागाईँ र खड्काले खावाडाँडामा निर्माण भएको हनुमन्ते प्रवेशद्वारको उद्घाटन गर्दै हनुमन्ते पर्यटन क्षेत्र घोषणा गरेका हुन्। सोही अवसरमा हनुमन्तेश्वर डाँडामा निर्माण गरिएको हनुमानको मूर्तिसमेत अनावरण गरिएको थियो। ‘बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा हनुमन्तेडाँडा विकास भइरहेको छ’, प्रदेशसभा सदस्य चौलागाईँले भने, ‘त्यहाँको रमणीय दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गरेका छन्।’

हनुमन्ते क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन वाग्मती प्रदेश सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी वाग्मती प्रदेश सरकारको सहयोगमा खावाबजारबाट हनुमन्तेको बेसक्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ भने मेहेलेबाट हनुमन्तेडाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।

हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दू धर्मशास्त्रानुसार हनुमानले हुमन्तेडाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफैं उत्पत्ति भएको किंवदन्ती पाइन्छ भने उक्त मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन्। हनुमन्तेडाँडामा हिन्दू धर्मावलम्बीहरूको आस्था जोडिएको र यसलाई अब रामायण सर्किटसँग जोडेर धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने योजना रहेको प्रदेशसभा सदस्य  चौलागाईँले बताए।

कसरी जानेः हनुमन्तेमा जान चाहने पर्यटक सहजै उक्त क्षेत्रमा पुग्न सकिन्छ । चरीकोट–जिरी सडकखण्डअन्तर्गत खावाबजारबाट बेस क्याम्प मेहेलेसम्म यातयातका साधनमार्फत र केही घण्टा पैदलयात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ । हनुमन्तेमा हनुमानको पूजा गर्न पाउनुका साथै उक्त क्षेत्रबाट विभिन्न हिमाल, रोलवालिङ हिमशङ्खला तथा आकर्षक प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको बताइएको छ । रासस

गृहमन्त्री थापाको सांसदसँगै गुम्यो मन्त्री पद

0

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए। अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए।

थापाको पद गुमेपछि अब उनले पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्।

२०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थापाको कार्यकाल ६ वर्ष थियो। चिठ्ठा तान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो। ओलीतिर लागेको भनेर पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्य तीन वर्षमै सकिएको छ।

सेतोपाटीबाट साभार

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्नुपर्ने सिफारिस

0

काठमाडाैं :कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।