Monday, May 4, 2026
Home Blog Page 1246

रंगीन राजाको रोचक कहानी : ३६५ रानी, ५३ बच्चा

0

काठमाडौं । नेपाल होस् वा दुनियाका अन्य देशहरु । इतिहासमा कतिपय यस्ता राजाहरु पनि थिए जो ठूलो संख्याका पत्नीहरुका कारण चर्चित छन् ।

भारतको पाटियाला राज्यका महाराजा भुपिन्दर सिंह पनि आफ्नो रंगीन बानी व्यवहारका कारण निकै चर्चित छन् ।

१२ अक्टोबर १८९१ मा जन्मिएका उनी ९ वर्षकै उमेरमा राजा बनेका थिए । तथापि १८ वर्षको हुँदा मात्र उनले राजाको कार्यभार सम्हालेका थिए र ३८ वर्षसम्म शासन गरे ।

राजा भुपिन्दर सिंहका बारेमा लेखिएको एक पुस्तक महाराजामा जनाइएअनुसार भुपिन्दर सिंहले रंगरस गर्नकै लागि पटियालामा लिला भवन बनाएका थिए । जहाँ केवल निर्वस्त्र मानिसहरु मात्र छिर्न पाउँथे ।

उक्त भवनभित्र एउटा विशेष कोठा थियो, प्रेम मन्दिर । उक्त कोठा राजाका लागि आरक्षित नै थियो । त्यो कोठामा राजा बाहेक अरुलाई जाने अनुमति थिएन । सो कोठामा राजाको भोगविलासका लागि पूरा बन्दोबस्त गरिएको हुन्थ्यो ।

उक्त महलभित्रको परिसरमा एउटा ठूलो ताल पनि थियो, जो अहिलेको स्विमिङ पुल जस्तै थियो । त्यसमा एकसाथ डेढ सय जनाले नुहाउन वा पौडी खेल्न सक्दथे ।

राजाले उक्त लिला भवनमा प्रायः पार्टीहरु दिन्थे । त्यसमा उनले आफ्ना प्रेमिकाहरुलाई बोलाउँथे । साथै त्यसमा राजाका विशेष मानिसहरु पनि सामेल हुन्थे ।

राजा भुपिन्दर सिंहका १० भित्रिया सहित कूल ३६५ जना रानी थिए । उनीहरुका लागि पाटियालामा भव्य महल बनाइएको थियो । त्यसमा रानीहरुको स्वास्थ्य जाँचका लागि चिकित्सा विशेषज्ञहरुको टोली पनि रहन्थ्यो ।

इतिहासकारका अनुसार ती राजाका १० पत्नीबाट ८३ जना बच्चा जन्मिए र त्यसमध्ये केवल ५३ जनामात्र बच्चा बँचेका थिए ।

महाराजाको महलमा हरेक दिन ३६५ वटा लालटिन जलाइन्थ्यो र हरेक लालटिनमा रानीहरुको नाम लेखिन्थ्यो । जुन लालटिन बिहान सबैभन्दा पहिले निभ्थ्यो राजाले सोही लालटिनमा लेखिएकी रानीसँग त्यस दिनको रात गुजार्थे ।

ती राजा आफूसँग भएको बहुमूल्य गहनाका लागि पनि चर्चित थिए । उनीसँग विश्व प्रसिद्ध पटियाला हार थियो, जसलाई गहना बनाउने चर्चित कम्पनी कार्टियरले बनाएको थियो । उक्त हारमा २९०० भन्दा धेरै हिरा तथा बहुमूल्य रत्न जोडिएको थियो । उक्त हारमा त्यस समय विश्वको सातौँ ठूलो हिरा जडित थियो ।

सन् १९४८ मा पटियालाको शाही ढुकुटीबाट उक्त बहुमूल्य हार हराएको थियो र धेरै वर्षपछि उक्त हारका टुक्राटाक्री विभिन्न ठाउँमा फेला परेका थिए ।

ती राजा मस्तीका पर्याय नै थिए । उनीसँग ४४ वटा रोल्स रोय कार थिए जसमध्ये २० वटा कार त दिनहुँ उनको सेवामा प्रयोग हुन्थे । उनी भारतका पहिलो यस्ता व्यक्ति थिए जो सँग आफ्नै निजी विमान थियो । सन् १९१० मा बेलायतबाट उनले उक्त विमान खरीद गरेका थिए । विमान उडान र अवतरणका लागि उनले पटियालामा विमानस्थल बनाएका थिए ।

अनलाईनखर बाट साभार

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

0

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाएका छन् ।

१५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।

‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’ प्रचण्डले अगाडि थपे, ‘त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जल्ले प्रतिक्रान्तीको बाटो हिडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ ।’

उनले संसदीय दलको नेताबाट पनि अध्‍यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गरे । ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा’ प्रचण्डले थपे, ‘सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ? कल्ले गर्‍यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

शक्ति सन्तुलन आफूहरुको पक्षमा नभएले नेकपा विभाजन रोक्न नसकिएको अध्यक्ष प्रचण्डको पनि भनाइ छ ।

‘अहिले शक्ति सन्तुलन त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन ’ उनले भने ।

उनले नेकपा एकता गरेर गल्ती भएको थियो कि भन्ने नसोच्न आग्रह गरे । ‘गल्ती भएको थियो कि एकता गर्ने भनेर सोचियो भने त्यो चाहिँ गल्ती हुन्छ । हामीले एकता गरेर गल्ती गरेको होइन । विलकुल सही गरिएको थियो । अहिले शक्ति सन्तुल त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन,’ उनले भने ।

‘माओवादी कमजोर भएको छैन’

नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि उनको जिकिर छ । ‘हामी कमजोर भएका चाहिँ छैनौं । माओवादी आन्दोलन, नेकपा माओवादी कमजोर भएको छैन् । मैले यो बीचमा सामान्य जनताको घर गाउँमा या कार्यकर्ताहरुको मनोभावना पनि बुझ्ने कोसिस गरिरहेका छौं । उहाँहरुको चाहना माओवादी पहिला जसरी नै आइदियोस् । प्रचण्ड पनि पहिलाकै जसरी आइदियोस् भन्ने भन्ने चाहना छ ।’

उनले अहिलेको परिस्थितिलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, ‘अहिले हामी अलिकति स्ल्याकनेस आए जस्तो, अब के हुन्छ र खै भन्या जस्तो । फ्रान्सको पेरिस कम्युनपछि भनौं वा सोभियत संघको विघटनपछि भनौं यस्ता थुप्रै उपक्रम भए जस्तै अवस्था छ अहिले। तर, हामी फेरि के देख्छौं भने यो हाम्रो लागि एउटा ठूलो अवसर पनि हो । प्रतिक्रान्तिका विरुद्ध, प्रतिगमनकाविरुद्ध, अवसरवादका विरुद्ध लडेर राष्ट्र र जनताको कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने यो राम्रो अवसर पनि हामीलाई प्राप्त छ ।’

अनलाईनखर बाट साभार

अल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

0

९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ ।

एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो ।

साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूलाई दिइएको छ ।

यसअघि चीनमा अध्यनरत विद्यार्थी र व्यावसायीलाई दिइएको थियो । सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अल्का अस्पतालमा गएर लगाउन सक्नेछन् । यसको दोस्रो डोजको पालो १२ हप्तापछि आउनेछ ।

अनलाईनखर बाट साभार

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

0

९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ ।

भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यस्तै दिल्लीमा पनि २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा कडाइ गरेका छन् । यद्यपि, भारतमा कोरोना संक्रमण नियन्त्रणमा भने आएको छैन ।

कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा पनि बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ । अहिलेसम्म भारतमा १३ करोड २३ लाख डोजभन्दा बढीले कोरोना खोप लिइसकेका छन् ।

अनलाईनखर बाट साभार

थापाथलीमा सर्‍यो एमाले केन्द्रीय कार्यालय

0

९ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । उनले आजै नयाँ कार्यालयमा पदस्थापन पनि गरेका छन् ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने तयारी छ । भाडामा लिइएको भनिएको थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।
अनलाईनखर बाट साभार

ओलीले भने– गुटबन्दी नगर्न सम्झाइरहेका छौं, यसलाई कमजोरी नठानियाेस्

0

९ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिए ।

मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’

माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’

‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोजिन्छ भने त्यो अब सम्भव छैन’, उनले भने ।

ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । बुधबार साँझ मात्रै ओलीले नेता माधव नेपालसँग छलफल गरेका थिए ।

अनलाईनखर बाट साभार

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

0

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ ।

अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम तथा सुविधा समेत कटौती हुने अवस्था आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको बजेटभन्दा पनि पाँच अर्ब रुपैयाँ घटाएर कृषिमा बजेटको सिलिङ पठाइँदा चिन्ता थपिएको कृषि मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले बताए ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई ३७ अर्ब रुपैयाँ बजेट बिनियोजन भएकोमा आर्थिक वर्ष ०७८/७९ को नयाँ बजेटका लागि ३२ अर्बको सिलङ तोकिएको प्रवक्ता घिमिरेले बताए ।

महामारीको बीचमा स्वास्थ्य प्रमुख प्राथमिकतामा रहनु उचित भए पनि कृषि उत्पादनलाई कम प्राथमिकतामा राख्नु उचित नहुने सचिव कार्कीले बताए

‘महामारीकै बीचमा पनि गत वर्षकै बराबर बजेट मन्त्रालयले प्रस्ताव गरेको थियो तर पाँच अर्बले घटाएर सिलिङ तोकियो’, प्रवक्ता घिमिरेले थपे, ‘बजेट घट्नु भनेको कार्यक्रमहरूलाई निचोर्नु हो । यसले किसानले पाउने अनुदानलगायतका सुविधाका कार्यक्रममा असर पार्छ ।’

मन्त्रालयले अध्ययन र छलफल गरेरै ३७ अर्ब बजेट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले स्वीकृत नगरेको मन्त्रालयको भनाइ छ ।

गत वर्षको भन्दा बजेटमा नघटाई माग गरेको र त्यसमा एक–दुई अर्ब बढी आउला भन्ने सोचेकोमा झन् उल्टो भएको मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले बताए ।

बजेट कटौती नगर्न अर्थ मन्त्रालयमा आफूले आधारसहित कुरा गरेको पनि सचिव कार्कीको भनाइ छ । ‘धेरै बजेट भए धेरै काम गर्न सकिन्थ्यो भन्ने हो, बजेट झन् घटेर आयो, यतिले पुग्दैन भनेर अर्थमा कुरा गरेको छु, उहाँहरूले पुनर्विचार गर्छु भन्नुभएको छ’, सचिव कार्कीले भने ।

बजेट कम हुँदा कस्ता कार्यक्रम प्रभावित ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने दर्जनौं कार्यक्रम बजेट कटौतीको मारमा पर्ने जनाएको छ । कृषि क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकारमा पठाइने कार्यक्रम बजेट कटौतीको मारमा पर्ने सचिव कार्की बताउँछन् । प्रदेश र पालिकाबाट किसान लक्षित विकास कार्यक्रमको बजेट कुनै पनि हालतमा घट्नु हुँदैन भन्ने मान्यतामा आफूहरू रहेको उनले बताए ।

बजेट कटौतीले कृषि आधुनिकीकरण कार्यक्रम, प्रदेशको प्राङ्गारिक मल तथा प्राङ्गारिक खेती प्रणाली, एक गाउँ एक उच्चस्तरीय नर्सरी, प्रत्येक पालिकामा किसान केन्द्र, स्यालो, डिप, सोलार तथा लिफ्ट सिँचाइ कार्यक्रममा असर पार्ने सचिव कार्कीले बताए ।

त्यसैगरी बिउ उत्पादन, प्रविधि विस्तार र जनशक्ति थप तथा कृषि बिमामा पनि बजेटको प्रभाव देखिने उनको भनाइ छ । महामारीको बीचमा स्वास्थ्य प्रमुख प्राथमिकतामा रहनु उचित भए पनि कृषि उत्पादनलाई कम प्राथमिकतामा राख्नु उचित नहुने सचिव कार्कीले बताए ।

कृषिमा पछिल्लो पाँच वर्षको बजेट

अर्थ मन्त्रालयले तोकेको सिलिङ अनुसार नै कृषिको बजेट पास भएर आयो भने सो बजेट पछिल्लो तीन आर्थिक वर्षयताकै कम हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा कृषि मन्त्रालयलाई २६ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष ०७३/७४ मा कृषि तथा पशुपन्छी मन्त्रालय दुई छुट्टै मन्त्रालय थिए । त्यस वर्ष कृषिमा २७ अर्ब ४३ करोड र पशुपन्छी मन्त्रालयमा ८ अर्ब ४६ करोड बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०७४/७५ मा ३० अर्ब ४० करोड बजेट पाएको मन्त्रालयले त्यसको पछिल्लो वर्ष ०७५/७६ मा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयले ४० अर्ब १४ करोड र पशुपन्छीमा ३ करोड ६० लाख मात्रै बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा मन्त्रालयले ३७ अर्ब रुपैयाँ बजेट पाएको थियो ।

‘स्रोतको अभाव हुन दिन्नौं’

कोरोना महामारीका कारण बजेट केही प्रभावित हुने आँकलनका कारण मन्त्रालयलाई खर्च गर्नसक्ने क्षमताअनुसारको मात्रै कार्यक्रम बनाउन निर्देशन दिइएको अर्थ मन्त्रालयले जनाएको छ । कृषिमा बजेट कटौती गर्ने मनसाय मन्त्रालयको नभएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन दाहालले बताए ।

कोभिडको बेला खर्च गर्ने सामर्थ्य कम हुने भएकाले बजेट दिनु मात्रै पनि उपलब्धि नहुने उनले बताए । ‘खर्च गर्न सक्ने र उपयोगी कार्यक्रमलाई स्रोतको अभाव हुँदैन, कृषिमा बजेट कम हुने कुरा नहुन सक्छ’, प्रवक्ता दाहालले भने । बजेट निर्माणकै चरणमा रहेकाले त्यसमा पुनर्मूल्यांकन हुनसक्ने उनको भनाइ छ ।

अनलाईनखर बाट साभार

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन

0

८ वैशाख, काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतको आदेश

0

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

काठमाडौंमा प्रयोग गरेको मास्क यत्रतत्र फाल्न नपाइने, ५ दिन सुरक्षित राख्नुपर्ने

0

मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ।

स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो। त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो। अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागू गरेको छ।

मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ।

अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ। त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ। अटेर गरेमा कारवाही हुनेछ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो।

नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार मंगलबार काठमाडौँ प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको हो।

काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ।

सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ।

मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ। लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन। शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ।

त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिए।

सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ।

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ।

निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ। सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्स सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गरिएको छ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ।

विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ।

त्यसका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्न भने पाइने छ।

सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअलका माध्यमबाट गर्न भनिएको छ।

कार्यालय पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइज र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ। कुनै व्यक्तिले मास्क नलगाई आएमा कार्यालय तथा पसलमा प्रवेश नदिन पनि सूचित गरिएको छ।

होटल तथा रेष्टुराँ बिहान ८ देखि राति ८ सम्म मात्रै सञ्चालन गर्न पाइने छ।

कोभिड–१९ रोकथान तथा व्यवस्थापनका सन्दर्भमा सबै स्वास्थ्यका मापदण्ड अबलम्वन गर्नेपर्ने, घर बाहिर निस्किँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ।

विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन होमक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ।

पिसिआर परीक्षणको रिपोर्ट दिएपछि नतिजा नआएसम्म घरबाहिर हिँडडुल, भेटघाट, बैठक गर्न पाइने छैन। स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ।

यसरी सरकारी आदेश र स्वास्थ्य मापदण्ड पालना नगरेमा स्थानीय तह, प्रशासन, स्वास्थ्य कार्यालय, स्वास्थ संस्था, टोलसुधार समिति र उपभोक्ता समितिलाई यथाशीघ्र जानकारी गराउन भनिएको छ।

होम आइसोलेशनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यमा कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ।

(रासस)