Friday, June 5, 2026
Homeराजनीतिसुशीला कार्की नेतृत्वको सरकार समस्याको समाधान होइन : विप्लव

सुशीला कार्की नेतृत्वको सरकार समस्याको समाधान होइन : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विद्यमान समस्याको समाधान नहुने दाबी गरेका छन्।

विप्लवले सोमबार जारी विज्ञप्तिमा जेन–जीको विद्रोहपछि बनेको यो सरकार आन्दोलनरत शक्ति र नागरिक समाजलाई बेवास्ता गरेर बनाइएकाले अस्वीकार्य भएको बताएका छन्। “यो सरकारलाई राजनीतिक शक्ति र जनताले स्वीकार्ने छैनन्,” विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार सर्वपक्षीय अन्तरिम सरकारको आवश्यकता भए पनि गैर–दलीय तथा गैर–वामपन्थी सोचले प्रभाव जमाएकाले वर्तमान संरचना समस्याग्रस्त बनेको हो। “भ्रष्टाचार, राष्ट्रघात, तस्करी र दलालीविरुद्ध लड्ने शक्तिलाई उपेक्षा गर्नु संक्रमणकाल लम्ब्याउनु मात्र हो,” विप्लवले भनेका छन्।

राज्यको पुनःसंरचना र संविधान पुनर्लेखन आवश्यक भएको उल्लेख गर्दै उनले पुरानो राज्य प्रणालीबाट निकास सम्भव नभएको दोहोर्याए। साथै, आगामी विकल्प नेपाली विशेषताको समाजवाद भएको भन्दै जनतालाई सचेत रहन र राष्ट्रिय स्वाधीनताको चुनौती आत्मसात गर्न अपिल गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका