Thursday, June 4, 2026
Homeस्वास्थ्य र जीवनशैलीसुन्ने क्षमता कम हुन नदिन यसरी गर्नुस् कानको सुरक्षा

सुन्ने क्षमता कम हुन नदिन यसरी गर्नुस् कानको सुरक्षा

श्रवण शक्ति अर्थात् कान  कम सुन्ने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । आज ३ मार्च अर्थात् फागुन १९ गते विश्व श्रवण दिवस मनाइँदैछ । नेपालमा पनि जीवनभरी सुन्नको लागि सुनुवाइको हेरचाह गरौँ भन्ने नाराका सहित यो आज दिवस मनाइँदैछ । चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको छ । साथै श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वाताबरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कम श्रवण शक्तिका लक्षणहरु यस्ता छन् :

–अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोर्याउन अनुरोध गर्ने ।

–टेलिफोनमा कुरा गर्न गाह्रो हुने

–कान कराउने ।

–बालेको सुन्ने तर नबुझ्ने ।

–अरुसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु ।

–धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु ।

–रेडियो सुन्दा टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु ।

 यी हुन् श्रवण शक्ति कम हुन नदिने उपाएहरु :

–चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास ‘इयर प्लग’ को प्रयोग गर्ने  ।

–मोवाइल फोन धेरै लामो समयसम्म प्रयोग नगर्ने ।

 –हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने ।

 –जथाभाबी सवारी साधनको हर्न नबनाउने ।

–ठूलो आवाज भएको ठाउँमा लामो समयसम्म नबस्ने ।

–नियमित व्यायाम गर्ने ।

 –अरुको चर्को ध्वनीबाट हुने असरको बारेमा जानकारी दिने र चर्को ध्वनीबाट बाच्ने उपाय सिकाउने ।

 –क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने ।

–आप्mनो श्रवण शक्तिमा कमी आएको महसुस भएका समयमै परीषण तथा  उपचार गर्ने ।


सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका