ललितपुर: ललितपुरको सानेपाबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भारतीय नागरिकहरू पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारीका रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबनीका बिपिन कुमार रहेका छन्। दुवैजना हाल ललितपुरको सानेपामा बसोबास गर्दै आएका थिए।
सीआईबीका अनुसार उनीहरू १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न थिए। साथै, ‘राजतीर्थ ट्रेडर्स’ नामक किराना पसलको आवरणमा हुण्डी कारोबार पनि गरिरहेको पाइएको छ। ब्यूरोका सूचना अधिकारी युजराज खड्काले उक्त जानकारी दिएका हुन्।


