Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियसाउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु

साउदी अरबमा भयानक सडक दुर्घटना, ९ भारतीयको मृत्यु

रियाद: साउदी अरबको जिजान नजिकै भएको भीषण सडक दुर्घटनामा ९ भारतीय नागरिकले ज्यान गुमाएका छन्। जेद्दाहस्थित भारतीय वाणिज्य दूतावासले यो दुःखद घटनाको पुष्टि गरेको छ।

दुर्घटनाको कारण तत्काल खुलाइएको छैन। भारतीय दूतावासले शोकसन्तप्त परिवारहरूसँग सम्पर्कमा रहेको र साउदी अधिकारीहरूसँग सहकार्य गरिरहेको जनाएको छ। साउदी अधिकारीहरूले अनुसन्धानलाई तीव्रता दिँदै आवश्यक सहयोग गरिरहेको जानकारी पनि दिएको छ।

भारतीय वाणिज्य दूतावासले माइक्रोब्लगिङ प्लेटफर्म एक्समा पोस्ट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। “जिजान नजिकैको सडक दुर्घटनामा ९ भारतीय नागरिकको दुखद मृत्यु भएकोमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ। शोकसन्तप्त परिवारप्रति हाम्रो हार्दिक समवेदना छ,” पोस्टमा उल्लेख गरिएको छ।

पोस्टमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले यो दुर्घटनालाई अत्यन्त दुःखद् भन्दै शोक व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूसँग संवेदना प्रकट गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस घटनाले साउदी अरबमा भारतीय आप्रवासी कामदारहरूको सुरक्षाप्रति चिन्ता थपिएको छ। भारत सरकार र साउदी प्रशासनले घटनाको गहन छानबिन गरी पीडित परिवारलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका