Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियसाउदी अरबमा चेतावनी : सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्षको जेल

साउदी अरबमा चेतावनी : सोसल मिडियामा अफवाह फैलाउनेलाई पाँच वर्षको जेल

महिलामाथि दुर्व्यवहारको खबरपश्चात् साउदी अरबका अधिकारीले यदि कसैले सोसल मिडियामा निराधार अफवाह पोस्ट गरेको खण्डमा उनलाई पाँच वर्षको जेल सजाय हुने चेतावनी दिएका छन् । जेल सजायका साथै त्यस्ता व्यक्तिलाई जरिवाना पनि लगाउन सकिने बताइएको छ ।

यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यवहारको खबर सार्वजनिक भएको थियो ।

केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु डराइरहेको बताएका छन् ।

त्यसपछि साउदी इन्टरटेनमेन्ट चिफ टर्की अल–शेखले ट्वीट गरेर महिलामाथि भएको दुर्व्यवहारको दाबी खारेज गर्दै यसलाई फर्जी बताएका छन् ।
१४ जनवरीको बेलुका रियादमा कोरियाली पप ब्यान्ड स्ट्रे किड्सको एउटा साङ्गीतिक कन्सर्टको आयोजना हुन लागेको थियो तर भारी वर्षा र अत्यधिक वेगको हावाका कारण यसलाई अन्तिम समयमा रद्द गरिएको थियो । त्यसपछि आयोजना स्थलबाट बाहिर निस्किरहेका मानिसबीच भागदौड मच्चिएको थियो ।

त्यसपछि सोसल मिडियामा  घर फर्किरहेका केही महिलामाथि दुर्व्यवहार भएको र केही घर नै नफर्किएको खबर आउन थाले ।

यद्यपि, कन्सर्ट रद्द भएपछि त्यस दिन के भएको थियो भनेर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

केही मानिसले दुर्व्यवहारको घटना अस्वीकार गर्दै कन्सर्ट रद्द गर्नका लागि केही आयोजकले समर्थन गरेको बताएका थिए । तर कतिले भने स्वतन्त्र विचारधाराको मुलुकको रुपमा साउदी अरबको छविलाई हानी पुर्याउन सक्ने व्यक्तिहरुलाई चुप गराउन चाहेको बताउने गर्छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका