जुम्ला: सिञ्जा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ।
मङ्गलबार सम्पन्न निर्वाचनमा चार विद्यार्थी सङ्गठनको सहमतिमा आचार्य सभापतिमा चयन हुनुभएको निर्वाचन अधिकृत तीर्थबहादुर नेपालले जानकारी दिनुभयो।
स्ववियु अन्य पदहरूमा पनि सहमतिमै नेतृत्व चयन गरिएको छ। उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम, सचिवमा नेविसङ्घका राजिन्दा शाही, कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा निर्वाचित हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा नेविसङ्घका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध चयन हुनुभएको जनाइएको छ।
हाल क्याम्पसमा १८० विद्यार्थी अध्ययनरत छन्।


