Thursday, June 4, 2026
Homeमुख्य समाचारसंसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

संसद भवन अगाडि ‘एमसीसी स्वाहा’ !

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् ।

एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका छन् ।
हेर्नुहोस् तस्वीर

तस्वीर : विकास श्रेष्ठ

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका