Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीवीरगञ्जमा हैजा नियन्त्रणका लागि मन्त्री यादवको अस्पताल तथा क्षेत्रीय अनुगमन

वीरगञ्जमा हैजा नियन्त्रणका लागि मन्त्री यादवको अस्पताल तथा क्षेत्रीय अनुगमन

वीरगञ्ज (पर्सा) । खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका विभिन्न अस्पतालमा पुगेर हैजा रोगीहरूको अवस्थाबारे जानकारी लिएका छन्। बिहान हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनपछि उनले नारायणी अस्पताल, तराई अस्पताल, वीरगञ्ज हेल्थ केयरलगायत स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरू भेटे।

अनुगमन क्रममा मन्त्री यादवले खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दै सरकारले हैजा नियन्त्रणलाई अत्यधिक प्राथमिकता दिएको बताए।

उनको निर्देशनमा खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत प्रभावित क्षेत्रमा पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायत सामग्रीसहित मोबाइल टोली परिचालन गरिएको छ, जसले पानी परीक्षण कार्यलाई तीव्ररूपमा अघि बढाइरहेको छ।

यस्तै, मन्त्री यादवले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन उपाय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

समुदायलाई उमालेर मात्र पानी पिउन, साबुनपानीले हात धुन र खानेकुरा राम्ररी पकाएर मात्र खान आग्रह गर्दै उनले सबैको सहयोग र सतर्कताबाट हैजा नियन्त्रण चाँडै सम्भव हुने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका