Thursday, April 30, 2026
Homeराजनीतिविश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छः प्रधानमन्त्री

काठमाडाौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत पाएपछि देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन्।

विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत पाउँदा अझ बढी लोकतान्त्रिक ढंगले सजिव रहेको बताए।

उनले आफूप्रति भरोसा गरेर मत दिनेलाई धन्यवाद दिंदै विपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस् भन्नेलाई पनि धन्यवाद दिए। उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका