नयाँ दिल्ली: एयर इन्डिया एक्सप्रेसका एक पाइलटको बुधबार मृत्यु भएको छ। विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि औपचारिकता पूरा गर्दै गर्दा पाइलट अरमानलाई असजिलो महसुस भएको थियो।
केहीबेरमै उनी बेहोस भएर ढलेका थिए। अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
सहकर्मीहरूका अनुसार पाइलट अरमानले ककपिटमै वान्ता गरेका थिए। एयर इन्डिया एक्सप्रेसले अनावश्यक अनुमान नगर्न आग्रह गर्दै उनको निधनप्रति दुःख प्रकट गरेको छ।


