काठमाडौँ — स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ। अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पत्ति ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
रियाल मड्रिडले सन् २०२३-२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो। यससँगै, एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
फोर्ब्सको सूचीमा रियाल मड्रिडको पछ्याउँदै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ, जसको सम्पत्ति ६.५५ अर्ब डलर रहेको छ। युनाइटेडले सन् २०२३-२४ सिजनमा ८३४ मिलियन डलर आम्दानी गरेको थियो ।
यसैगरी, बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मन (पिएसजी) तेस्रोदेखि १०औं स्थानमा छन् ।


