काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ :
| मुद्रा | खरिददर | बिक्रीदर |
|---|---|---|
| अमेरिकी डलर (USD) | रु. १५२.५९ | रु. १५३.१९ |
| अष्ट्रेलियन डलर (AUD) | रु. १०९.४१ | रु. १०९.८४ |
| क्यानेडियन डलर (CAD) | रु. ११०.०० | रु. ११०.४४ |
| युरोपियन युरो (EUR) | रु. १७७.०० | रु. १७७.७० |
| युके पाउन्ड स्ट्रलिङ (GBP) | रु. २०६.२९ | रु. २०७.११ |
| भारतीय रुपैयाँ (INR) — १०० रुपैयाँ | रु. १६०.०० | रु. १६०.१५ |
राष्ट्र बैंकले तोकेको दरअनुसार युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


