Friday, April 17, 2026
Homeअर्थ र ब्यापारराष्ट्र बैंकले उपदान कोषका रु ३ अर्ब ७० करोड लगानी गर्ने

राष्ट्र बैंकले उपदान कोषका रु ३ अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ — नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ विभिन्न बैंक र वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले एक सूचनामार्फत सो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरूमा दुई अर्ब ९६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा ५५ करोड ५० लाख, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १८ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागिएको जनाएको छ।

लगानीका लागि योग्य हुन बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आएको, न्यूनतम कूल पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा अनुपात कूल कर्जाको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने सर्त राखिएको छ।

त्यसैगरी, कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्ने समेत उल्लेख गरिएको छ।

राष्ट्र बैंकले योग्य बैंक तथा वित्तीय संस्थालाई प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन दिन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका