Friday, June 5, 2026
Homeराजनीतिराष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे, चलचित्र विधेयक दफावार छलफलमा पठाउने...

राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे, चलचित्र विधेयक दफावार छलफलमा पठाउने प्रस्ताव पेश हुने

काठमाडौँ, १४ साउन — सङ्घीय संसद्को राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुनेछ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू पनि सभालाई जानकारी गराइने कार्यसूचीमा समावेश छ।

यसअघि, आज बिहान १०:३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। सो बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका