Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियराखीको फेरि विवादास्पद बोली

राखीको फेरि विवादास्पद बोली

मुम्बई : भारतीय चलचित्र उद्योगमा ‘कन्ट्रोभर्सी क्विन’का नामले चर्चित राखी सावन्त विभिन्न क्रियाकलाप र बोलीका कारण सधैं चर्चामा रहँदै आएकी छन्। उनी हरेक विषयमा विवादित बयान दिन्छिन् र चर्चा कमाउँछिन्। उनले बलिउडका विभिन्न कलाकारदेखि भारतीय राजनीतिका विभिन्न व्यक्तिहरूका बारेमा पनि समयसमयमा विवादास्पद टिप्पणी गर्दै आइरहेकी छन्।

पछिल्लो समय भारत कोरोना भाइरसका कारण समस्यामा परेको छ। दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। यस्तो आपत्को समयलाई पनि राखीले आफ्नो प्रचारको साधन बनाउन भने पछि परेकी छैनन्।

हालै उनी रामदेव बाबाका विषयमा दिएको बयानका कारण विवादमा तानिएकी छन्। उनले रामदेवलाई कोरोनासँग तुलना गरेकी छन्।

भारतीय सञ्चारमाध्यमसँग संक्षिप्त कुरा गर्दै राखीले रामदेवको तुलना कोरोनासँग गरेकी हुन्। ‘कोरोना भाइरस पनि रामदेव बाबाजस्तै छ’, उनले भनेकी छन्, ‘कहिले आउँछ, कहिले हराउँछ र कहिले बाहिर निस्किन्छ।’ राखीले रामदेवका बारेमा बोलेको विवादास्पद भिडियो सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका