Monday, September 21, 2026
Homeराजनीतिरवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ । आज बसेको संसदको बैठकमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री प्रचन्डले रवि लामिछानेबारे अनुसन्धान गर्नु नपर्ने प्रहरी प्रतिवेदन रहेको बताएपछि
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन् ।

‘एउटा छानबिन समिति गठन गरौँ, दुधको दुध पानीको पानी हुन्छ’, नेता लेखको माग छ । नेता लेखकले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भनेपनि पर्याप्त प्रमाण रहेको दाबीसमेत गरे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका