काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाट क्षेत्रमा सात गाडी आपसमा ठोक्किँदा एकजना चालक घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय मुस्लिनका अनुसार एउटा ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि पछाडि आएका अन्य गाडीहरू पनि सोही ट्रक र बसमा ठोक्किएका हुन्।
बसका चालकलाई चेपिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार ट्रक र बसको अगाडिको भागमा बढी क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


