Sunday, June 7, 2026
Homeअपराध र घटनामन्दिरमा चोरी गर्ने एक युवक पक्राउ

मन्दिरमा चोरी गर्ने एक युवक पक्राउ

राति बाँकेको नेपालगञ्जस्थित राम जानकी मन्दिर परिसरमा भगवानका मुर्तिसहित विभिन्न सामग्री चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटिएको  प्रहरीले नेपालगञ्ज–१ का  २५ वर्षीय असरफ बागवानलाई पक्राउ गरेको हो ।

निजको साथबाट भगवानको मुर्ती ३ थान , घण्टी ३ थान, नाग देवताको मुर्ती २  थान , तामाको लोटा ४ थान, त्रिशुल ३ थान , आरती १ थान , पाला छोप्ने ढक्कन ८ थान, पाला  २ थान, टिका राख्ने भाँडा १  थान, फलामको सिक्री १  थान , सानो आरी १  र थान र रिन्च १  थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका