Sunday, June 7, 2026
Homeअपराध र घटनामधेस प्रदेश प्रहरीद्वारा ६ महिनामा १८ करोडभन्दा बढीको सामान बरामद

मधेस प्रदेश प्रहरीद्वारा ६ महिनामा १८ करोडभन्दा बढीको सामान बरामद

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी उमेश रंजित्कारको अगुवाइमा गत साउनदेखि पुससम्म प्रदेश अन्तर्गत ८ वटै जिल्लामा भएको प्रगति विवरण सार्वजनिक गरिएको हो।

उक्त अवधिमा भारतबाट अवैधरूपमा भित्र्याएको १८ करोडभन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ। बरामद भएको सामानहरूमा सबैभन्दा बढी गाडी सम्बन्धि विभिन्न पार्टपुर्जा रहेको छ । ६ महिनाको अवधिमा प्रदेशका ८ वटै जिल्लाका प्रहरीले ८ करोड ३५ लाख,३९ हजार ९० रुपैया बराबरको गाडीको पार्टपुर्जा बरामद गरेको छ ।

त्यसैगरी ७ करोड ९६ लाख,१२ हजार ५८३ बराबरको कपडा तथा रेडिमेड, १ करोड ३५ लाख,१ हजार ४५५ रुपैया बराबरको किराना सामान बरामद भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ ।

प्रहरीले सोही अवधिमा झन्डै ४२ लाख बराबरको विद्युतीय सामान, सुन र चाँदी गरेर कुल १८ करोड ८ लाख,५१ हजार १५६ रुपैयाँ बराबरको भन्सार छलेर भित्र्याइएको सामान बरामद भएको डीआईजी उमेश रंजित्कारले जानकारी दिए ।

सोही अवधिमा प्रहरीले २० जना हुण्डी कारोबारी मार्फत प्रहरीले झन्डै १ करोड रुपैयाँ बरामद गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म प्रहरीले स्रोत नखुलेको नेपाली ८० लाख, ७३ हजार ६२० र ११ लाख,१९ हजार ९०० भारतीय रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको उक्त रुपैयाँको कारोबारमा संलग्न २० जना मानिस लाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी एसपी तुल बहादुर कार्कीद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका