Thursday, June 11, 2026
Homeस्वास्थ्य र जीवनशैलीभारतमा पनि एमपक्सको शंकास्पद केस फेला, बिरामीलाई आइसोलेट गरियो

भारतमा पनि एमपक्सको शंकास्पद केस फेला, बिरामीलाई आइसोलेट गरियो

काठमाडौं। भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ। एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ।

यसबारे अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । बिरामीलाई आइसोलेसनमा राखिएको छ । मन्त्रालयले एमपक्स प्रभावित देशबाट यात्रा गरेर फर्केका युवा पुरुषमा एमपक्स जस्ता लक्षणहरू फेला परेको उल्लेख गरेको छ । बिरामीलाई अस्पतालमा भर्ना गरिएको र अहिले उनको अवस्था स्थिर रहेको छ ।

‘युवाबाट लिएको नमूना एमपक्स पुष्टि गर्न परीक्षण भइरहेको छ । मुद्दा तोकिएको प्रोटोकल अनुसार चलिरहेको छ । देशमा यसको प्रभाव मूल्यांकन गर्न र सम्भावित स्रोत पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।’, विज्ञप्तिमा भनिएको छ, ‘देश यस्ता घटनासँग जुध्न पूर्णरूपमा तयार छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका