Friday, April 17, 2026
Homeखेलकुदभरौल गोल्ड कपको उपाधि मलेसियाको आरटीएफसीलाई

भरौल गोल्ड कपको उपाधि मलेसियाको आरटीएफसीलाई

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको हो।

फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो।

प्रतियोगिताको सफल आयोजनामा योगदान पु¥याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, सहभागी सबै टोलीहरूले अनुशासित र खेलभावनाअनुसार प्रतिस्पर्धा प्रस्तुत गरेकोमा प्रशंसा गरिएको छ।

स्थानीय स्तरमा फुटबलको विकास र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ। आगामी दिनहरूमा यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै अझ व्यवस्थित र आकर्षक बनाउने प्रतिबद्धता आयोजक पक्षले व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका