Monday, September 7, 2026
Homeअपराध र घटनाबैंकिङ कसुर मुद्दा: दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्न उच्च अदालतको...

बैंकिङ कसुर मुद्दा: दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले शुक्रबार अन्तिम आदेश जारी गर्दै दुवै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

यसअघि विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही आदेशअनुसार उनीहरू हाल काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका छन्।

उच्च अदालतको पछिल्लो आदेशसँगै बैंकिङ कसुर मुद्दामा पनि उनीहरूविरुद्धको कानुनी प्रक्रिया थप अघि बढ्ने भएको छ।

प्रहरीले दीपक भट्टलाई गत चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान र मुद्दा दायर गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका