Friday, April 24, 2026
Homeअन्तराष्ट्रियबंगलादेशकी प्रधानमन्त्री देश छोडेर शेख हसिना पुगिन् भारतको त्रिपुरा

बंगलादेशकी प्रधानमन्त्री देश छोडेर शेख हसिना पुगिन् भारतको त्रिपुरा

ढाका: बंगलादेशमा जारी आन्दोलनले हिंसात्मक रुप लिंदै गएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुग्नुभएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी देश छाडेर अगरतल पुगेकाे हाे । हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ ।

आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कर्फ्युको समेत वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।

विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेना परिचालन गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका