Tuesday, March 10, 2026
Homeअन्तराष्ट्रियफिनल्याण्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारका दूतावास बन्द गर्ने

फिनल्याण्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारका दूतावास बन्द गर्ने

काठमाडौं । फिनल्याण्डले पाकिस्तान, अफगानिस्तान र म्यानमारमा रहेका आफ्ना दूतावासहरू सन् २०२६ देखि बन्द गर्ने निर्णय गरेको छ। देशको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दूतावासहरू चरणबद्ध रूपमा बन्द गरिने जनाएको छ।

यो निर्णय फिनल्याण्डको रणनीतिक समीक्षापछि, राष्ट्रपति द्वारा जारी आदेश अनुसार गरिएको हो। मन्त्रालयका अनुसार ती देशहरूको बदलिँदो राजनीतिक परिस्थिति, फिनल्याण्डसँगको सीमित आर्थिक–व्यावसायिक सम्बन्ध, तथा सञ्चालनका कारण दूतावासहरू बन्द गर्नुपरेको हो।

यससँगै, फिनल्याण्डले अमेरिकामा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्दै ह्युस्टनमा नयाँ महावाणिज्य दूतावास खोल्ने तयारी गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका