Sunday, June 7, 2026
Homeअपराध र घटनाफरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र...

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुन:आह्वान

काठमाडौँ – कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ।

गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालासँगको समन्वयमा खोजी कार्य अगाडि बढाइएको विभागले जनाएको छ। यसका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन भएको प्रवक्ता चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो।

तोकिएको समयभित्र नफर्किने कैदीबन्दीलाई प्रचलित कानुनअनुसार कारवाही हुने चेतावनी दिँदै विभागले फरारलाई आश्रय, लुकाउने वा सहयोग गर्ने जोकोहीलाई समेत कानुनी दायरामा ल्याइने जनाएको छ।

फर्किन बाँकी कैदीबन्दीको अद्यावधिक विवरण जिल्लाबाट संकलन गरी माथिल्लो निकायमा पठाइने व्यवस्था गरिएको छ। खोजीलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, स्थानीय निकाय र अन्य संयन्त्रसँग सहकार्य गर्ने तयारी गरिएको विभागले उल्लेख गरेको छ।

साथै, भागेका कैदीबन्दीसम्बन्धी सूचना उपलब्ध गराउन आम नागरिकलाई आग्रह गर्दै विभागले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यममार्फत कार्यदल तथा सुरक्षा निकायका सम्पर्क नम्बर सार्वजनिक गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका