Friday, June 5, 2026
Homeराजनीतिप्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आयोगका अनुसार, मङ्सिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी आजको प्रेस विज्ञप्तिमा जनाइए अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष प्रणाली) का लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ। यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइनेछ, त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

मतदान फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिनेछ।

समानुपातिक प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने, र पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहने आयोगले जनाएको छ।

आयोगले स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा संलग्न राजनीतिक दल र सरोकारवालासँग समन्वय तथा छलफल गर्ने जनाएको छ।

त्यस्तै, आयोगमा दर्ता कायम रहेका दलले मात्र निर्वाचन प्रयोजनका लागि दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा, निर्वाचनमा भाग लिन चाहने दलले आगामी कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आयोगले स्मरण गराएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका