Sunday, June 7, 2026
Homeअपराध र घटनापोखरामा अवैध विदेशी मुद्रा सटहीमा संलग्न तीन जना पक्राउ, एक जना पत्नी...

पोखरामा अवैध विदेशी मुद्रा सटहीमा संलग्न तीन जना पक्राउ, एक जना पत्नी हत्या आरोपमा सार्वजनिक

पोखरा — लेकसाइड क्षेत्रमा गैरकानुनी रूपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा कास्कीको पोखरा–१७, पार्दी बिरौटामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक र एक जना रेष्टुरेन्ट व्यवसायी रहेका छन्। प्रारम्भिक अनुसन्धानमा उनीहरू वर्षौंदेखि बिना अनुमति अवैध विदेशी विनिमय कारोबारमा संलग्न रहेको खुलेको छ।

पक्राउ पर्नेहरू:

महुमुद्दिन एम अहमद (४५ वर्ष) — रुपन्देही, सिद्धार्थनगर–१३ का स्थायी बासिन्दा, हाल रुपन्देही र कास्कीमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।

राजकुमार बुढाथोकी (४५ वर्ष) — झापा, दमक–४ का स्थायी बासिन्दा, हाल पोखरा–६, बैदाममा ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै। उनले करिब २० वर्षदेखि मनी एक्सचेन्जको आडमा अवैध कारोबार गर्दै आएको खुलासा।

खेमराज पौडेल (४३ वर्ष) — पोखरा–१९, पुरनचौरका बासिन्दा, लेकसाइडस्थित ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक, विगत १४ वर्षदेखि विदेशी विनिमय कारोबारमा संलग्न।

प्रहरीले छापामारीको क्रममा ठूलो मात्रामा विदेशी र नेपाली नोट बरामद गरेको छ। बरामद रकम:

अमेरिकी डलर: १०० दरका १९६ थान

युरो: ५०० दरका ३ थान, २०० दरका ८ थान, १०० दरको १ थान

नेपाली रुपैयाँ: १००० दरका ४,३७३ थान (रु. ४३,७३,०००), १०० दरको ७ थान (रु. ७००)

हालको विनिमय दर अनुसार यी सबै मुद्राको मूल्य करिब रु. ७५ लाख ९६ हजार ९ सय बराबरको रहेको प्रहरीको भनाइ छ।

उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत दफा ९५ बमोजिम कसूर गरेको आरोपमा अनुसन्धान भइरहेको छ। प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि गरिरहेको जनाएको छ।

पत्नी हत्या आरोपमा अर्को व्यक्ति सार्वजनिक

त्यसैगरी, आफ्नै पत्नीको हत्या गरेको आरोपमा ५८ वर्षीय जङ्गे सार्कीलाई पनि प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनी पोखरा महानगरपालिका–२७, रिठ्ठेपानी शान्ति खहरे टोलका बासिन्दा हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका