Sunday, June 7, 2026
Homeअपराध र घटनापेस्तोल, म्याग्जिन र गोलीसहित काठमाडौंमा एक जना पक्राउ

पेस्तोल, म्याग्जिन र गोलीसहित काठमाडौंमा एक जना पक्राउ

काठमाडौँ, ३० साउन। काठमाडौं महानगरपालिका–१६ चमतीबाट प्रहरीले अटोमेटिक पेस्तोल, दुई म्याग्जिन र सात राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल चमतीमा डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार, दराईको कोठामा शंका लागेर खानतलासी गर्दा लुकाइ राखिएको अटोमेटिक पेस्तोल, म्याग्जिन दुई थान र ७.६५ एमएमका सात राउन्ड गोली फेला परे। उनलाई टोखा नगरपालिका–९ स्थित होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो।

दराईविरुद्ध हातहतियार खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजुमा अनुसन्धान भइरहेको छ। साथै, उनीविरुद्ध २०७८ असोज १८ मा अभद्र व्यवहार मुद्दा र २०८० कात्तिक १९ मा लागुऔषध मुद्दा दर्ता भएको समेत प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका