Friday, August 21, 2026
Homeराजनीतिदेउवाले सर्वोच्चबाट फिर्ता लिए महाधिवेशन रोक्न माग गरिएको रिट

देउवाले सर्वोच्चबाट फिर्ता लिए महाधिवेशन रोक्न माग गरिएको रिट

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन फिर्ता लिएका छन्।

देउवाले शुक्रबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर, निवेदन दर्ता भने भएको थिएन। सर्वोच्च प्रशासनले निवेदन अध्ययनका क्रममा रहेको र त्यसबारे सोमबार निर्णय गर्ने जानकारी दिएपछि देउवा पक्षले शुक्रबार साँझ नै निवेदन फिर्ता लिएको हो।

सर्वोच्च प्रशासनका अनुसार देउवा पक्षले निवेदनमा आवश्यक विषय सच्याएर पुनः पेस गर्ने भन्दै रिट फिर्ता लिएको हो।

कांग्रेसको महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले वडा अधिवेशन भदौ २६ गतेदेखि सुरु गर्ने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि संस्थापन इतर पक्ष पुनः सर्वोच्च अदालत पुगेको थियो।

यसअघि सर्वोच्च अदालतले कांग्रेसको विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि साउन २१ गते आदेश दिएको थियो। उक्त मुद्दाको सुनुवाइ भने हुन बाँकी रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका