Sunday, April 19, 2026
Homeप्रवासदिल्लीमा नेपालीले नै गरे नेपालीको अपहरण

दिल्लीमा नेपालीले नै गरे नेपालीको अपहरण

भारतको राजधानी नयाँ दिल्लीस्थित सागरपुर थाना इलाकाबाट शनिबार विहान अपहरणमा परेका एक नेपाली युवकलाई प्रहरीले सकुशल अवस्थामा फेला पारेको छ भने अपहरणमा संलग्न भनिएका ५ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान कारमा सवार केही मानिसले हरिशरण नाम गरेका नेपाली युवकको अपहरण गरेका थिए । उनको विस्तृत विवरण भने खुलाइएको छैन । यो घटनाको जानकारी प्राप्त भएपछि दिल्ली प्रहरी सक्रिय भएको थियो । प्रहरीले सो क्षेत्रको सीसीटीभी फुुटेज तथा अन्य कयौं तरिकाबाट अनुसन्धान गरेको थियो ।

आरोपितको खोजीमा लागेको प्रहरी टोलीले अपहरणमा प्रयोग भएको गाडी उत्तराखण्ड हुँदै नेपालको बाटोतर्फ गइरहेको तथ्य फेला पारेपछि करिब ८०० किलोमिटरसम्म पछ्याएर उत्तराखण्डसँग जोडिएको नेपालको सीमाबाट उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार हरिशरणले फ्रान्स पठाउने भनेर करिब ८० लाख रुपैयाँ लिएको केही समयपछि बेपत्ता भएपछि ती पाँच युवा उनको खोजीमा दिल्ली आएका थिए । हरिशरण दिल्लीमा रहेको थाहा पाएपछि आएका उनीहरुले हरिशरणलाई फेला पारेर नेपालतर्फ लैजान खोजेका थिए । तर, त्यसअघि नै दिल्ली प्रहरीले अपहरणमा परेका हरिशरणलाई उद्धार गर्दै अपहरणमा संलग्न युवकहरुलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका