Friday, April 17, 2026
Homeदेश र प्रदेशदसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो (फोटोफिचर)

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो (फोटोफिचर)

दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।

राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि झिलिमिली बनाइएको छ । दसैँ अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका