काठमाडौँ – सुन जस्तो देखिने करिब ८ सय ३५ ग्रामको पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रबाट ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन्।
ईन्डिगो एयरको उडानमार्फत मुम्बईबाट काठमाडौँ आएका उनलाई आगमन भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले शंका लागेर नियन्त्रणमा लिएको थियो। केएमसी अस्पतालमा गरिएको भिडियो एक्सरेमा मलद्वारबाट ३ वटा डल्लामा उक्त परिमाणको पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उनीलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।


